यू.ए.ई.मा कविता संग्रह बिमोचन साथै १४४ औं मोती जयन्ती मनाईदै

चन्द्रचेतूँ – अबुधाबी यूएई Motiram Photoसर्वदा वाङमय प्रतिष्ठान् यूएईले आगामी १७ सेप्टेम्बर २०१० का दिन यूएईको राजधानी अवुधाबी स्थित केरला सोसियल सेन्टरमा १४४ औं युवा कवि मोतिराम भट्टको जन्मजयन्ती मनाउने जनाएको छ । उर्दू भाषाबाट शुरू भएको गजल विधा संस्कृत हुँदै नेपाली भाषामा भित्राउन सफल भट्टलाइ नेपाली गजलका सृष्टिकर्ता भनेर चिनिने गरिन्छ ।

“दुई आखीभौं त तयार छन् तरवार पो किन चाहियो ।
तिमी आफु मालिक भै गयौ, सरकार पो किन चाहियो ।

यस्ता उत्कृष्ट गजलहरू लेखेर चर्चित मोतिराम भट्टको सम्झना स्वरूप प्रतिष्ठानले यूएईमा कार्यक्रम आयोजना गर्न लागेको हो । सो कार्यक्रम प्रतिष्ठानको सन् २०१० लाइ साहित्यिक वर्ष मनाउने पुर्व घोषित निर्णय मुताविक रहेको बुझिएको छ । कार्यक्रममा यूएईमा रहनु भएका स्रष्टाहरूले गजल तथा कविता वाचन साथै दिपराज नेयोङ्हाङ्गको क्षितिज रोईरहेछ कविता संग्रह विमोचन गरिने कुराको जानकारी सर्वदा वाङमय प्रतिष्ठान् यूएईका अध्यक्ष श्री लक्ष्मण सापकोटाले दिनु भएको छ । कार्यक्रममा बढि भन्दा बढि गजल वाचनलाई प्राथमिकता दिईने साथै बचेको समयमा कविता वाचन गरिने हुँदा यूएईमा हुनु भएका सम्पुर्ण साहित्यनुरागी मित्रहरूलाई सर्वदा वाङमय प्रतिष्ठान् यूएईले कार्यक्रममा निमन्त्रणा गरेको छ ।

सम्पर्कः
दिपक खड्का (०५०–७३०२९१४, ०५५–९४७१६२१)
E-mail :
sarbadauae@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *