रामेछापमा जन साहित्यिक मञ्च, नेपालको बृहत् कार्यक्रम

२०७० चैत्र २८ र २९ गते रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा जन साहित्यिक मञ्च, नेपालको बृहत् कार्यक्रम सम्पन्न भयो । नेकपा एमाले पोलिट ब्युरो सदस्य एवम् विख्यात साहित्यकार प्रदीप नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त विशेष समारोहमा काठमाडौँबाट एउटा माइक्रो बस रिजर्भ गरी राष्ट्रिय जन सांस्कृतिक महासङ्घका उपाध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, जन साहित्यिक मञ्च नेपालका अध्यक्ष राम विनय, महासचिव विनोद मञ्जन, कोषाध्यक्ष यशोदा अधिकारी, सल्लाहकार द्वय देवी नेपाल र अनिल पौडेल, सचिवालय सदस्यहरू डा.विन्दु शर्मा, होमराज श्रेष्ठ र प्रेमराज सिलवाल, केन्द्रीय सदस्यहरू भागवत आचार्य र जित कार्की, राष्ट्रिय जन सांस्कृतिक महासङ्घको अनुसन्धान आयोगका अध्यक्ष उदय श्रेष्ठ, जन गायक रामकृष्ण दुवाल, सिस्नोपानी नेपालका अध्यक्ष एवम् चर्चित हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागे, साहित्यकार एवम् पत्रकार श्याम रिमाल, साहित्यकारहरू रसना ढकाल, जयन्ता पोखरेल, रामकुमार भौकाजी र मुकुन्द सिवाकोटी सहभागी हुन जानु भएको थियो ।

रामेछापको मन्थली स्थित जिल्ला विकास समितिको सभाकक्षमा सम्पन्न गरिएको उक्त कार्यक्रमको जन साहित्यिक मञ्च, नेपाल केन्द्रीय सचिवालय सदस्य होमराज श्रेष्ठले अध्यक्षता र प्रकाश न्यौपानेले सञ्चालन गरी सम्पन्न भएको उक्त विशेष समारोहमा नेकपा एमाले रामेछाप जिल्ला कमिटीका अध्यक्ष शान्तिप्रसाद पौडेल, रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गोपालप्रसाद पराजुली अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

प्रमुख अतिथि प्रदीप नेपालले साहित्यकार माधव सयपत्रीद्वारा लिखित ‘सीमान्त विचलन’ उपन्यासको लोकार्पण गर्नु भयो । लोकार्पणको अवसरमा उहाँले जीवन मुखी साहित्य सिर्जना गरिनु पर्दछ र साहित्यकारले सदैव माटोलाई सम्झेर सिर्जना गर्नु पर्छ भन्ने धारणा व्यक्त गर्नु भयो । पुष्पलाल, कृष्णलाल अधिकारी र जगदीश घिमिरेलाई सम्झना गरी सम्पन्न गरिएको उक्त विशेष समारोहलाई रामेछापका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली र नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष शान्तिप्रसाद पौडेलले पनि मन्तव्य व्यक्त गर्दै काठमाडौँदेखि यति ठुलो सङ्ख्याका स्थापित साहित्यकार एकै पटक रामेछाप आएर यत्रो बृहत् साहित्यिक कार्यक्रम आयोजना गर्नु भएकोमा बधाइ दिनु भयो र कार्यक्रमको सफलताको कामना गर्नु भयो ।

लोकार्पित उपन्यास ‘सीमान्त विचलन’माथि समीक्षात्मक टिप्पणी प्रा.डा.जीवेन्द्र देृव गिरीले गर्नु भएको थियो । जन गायक रामकृष्ण दुवाल र वरिष्ठ गायक उदय श्रेष्ठले समारोह नै उचाल्ने गरी गीत गाउनु भएको थियो । बृहत् कविगोष्ठीमा पेशल आचार्य, उद्धव आचार्य, सरिस्मा भण्डारी, ईश्वरी बस्नेत, सरिता खड्का, रामकुमार भुजेल, मुकुन्द सिवाकोटी, ब्ल्यू स्काइ लामा, सरिता श्रेष्ठ, अनिल पौडेल, देवी नेपाल, लक्ष्मण गाम्नागे, जयन्ता पोखरेल, भागवत आचार्य, डा.विन्दु शर्मा, यशोदा अधिकारी, प्रेमराज सिलवालले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।

उक्त विशेष एवम् भव्य समारोहका बिच जन साहित्यिक मञ्च, नेपाल रामेछाप जिल्ला समितिको अधिवेशन सम्पन्न भएको थियो र सो अधिवेशनले माधव सयपत्रीको अध्यक्षतामा माधव प्रधान उपाध्यक्ष, प्रकाश परिष्कार सचिव, शान्ति श्रेष्ठ कोषाध्यक्ष र सदस्यहरूमा ध्रुव पौडेल, प्रज्ज्वल पौडेल, सुमित्रा श्रेष्ठ, कैलाश खत्री, रामकृष्ण गिरी, डिलेश्वर बस्नेत, सञ्जीव श्रेष्ठ, झनहरि दाहाल र राजकुमार भुजेल रहेको जिल्ला समिति गठन भएको छ । सोही सम्मेलनबाटै होमराज श्रेष्ठ, नीरबहादुर कार्की, पवनराज पौडेल, मुकुन्द भण्डारी र केशव अन्योल रहेको सल्लाहकार समिति पनि गठन भएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *