राष्ट्रिय कविता महोत्सव २०७४ सम्पन्न

काठमाडौं, ९ आषाढ, २०७४

नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव २०७४ सम्पन्न गरेको छ । विक्रम संवत २०१४ सालमा स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि प्रतियोगात्मक रुपमा यस्ता कविता महोत्सवहरु आयोजना गर्दै आएको छ । यस पटकको राष्ट्रिय कविता प्रतियोगितामा देशभरबाट २२९ कविताहरु प्राप्त भएको प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।

प्रतियोगितामा खोटाङका कवि चन्द्र रानाहँछाको ‘आधीँको यात्रा’ले प्रथम हुँदै रू ३० हजार पुरस्कार प्राप्त गर्यो भने दोस्रो भएको भोजपुरे कवि सुवास राई ‘क्याप्टेन’को ‘फरक’ कविताले रू २५ हजार पुरस्कार प्राप्त गर्यो । तेस्रो भएका दीपेन्द्र उपाध्यायको ‘लोकतन्त्र’, उर्मिला कोइरालाको ‘उज्यालोको आत्मकथा’, अमृता ‘स्मृति’ को ‘फूलहरु गर्न जान्दैनन् युद्ध गर्न’ कविताले रू २० हजार पुरस्कार प्राप्त गर्यो ।

​महोत्सवमा प्रतिष्ठानले विभिन्न शीर्षकमा प्रकाशन गरेका २७ पुस्तकहरुको पनि विमोचन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *