लक्ष्मण गाम्नाङ्गेको स्वाहा र तथा किशन थापा अधीरको संघारमा विमोचित

असार २७, काठमाण्डौ

डिकुरा पब्लिकेशन प्रा.लि. को आयोजनामा लक्ष्मण गाम्नाङ्गेको राजनैतिक ब्यङ्ग संग्रह स्वाहा र तथा किशन थापा अधीरको कथा संग्रह संघारमा आज काठमाण्डुको भृकुटीमण्डप स्थीत पुस्तक प्रर्दशनीमा लोकार्पण गरियो । डम्बर रसिकको संचालन रहेको डिकुरा पब्लिकेशन प्रा.लि.का अध्यक्ष पुण्य प्रसाद प्रसाईले अध्यक्षता गरेको उक्त कार्यक्रमका प्रमुख अतिथिमा मोदनाथ प्रश्रित, अतिथिहरुमा तुलसि भट्टराई, पद्यावती सिंह, नयनराज पाण्डे, कवि तथा समालोचक देवी नेपाल, समालोचक अनुपमा रेग्मि, लक्ष्मण गाम्नाङ्गे, किसन थापा अधीर तथा व्यङ्गकार नरनाथ लुईटेलको उपस्थिती रहेको थियो ।

swaha1-20690327_550

ओम प्रकाश खरेलले स्वागत मन्तव्य व्यक्त गर्दै पब्लिकेशनले नयाँ साहित्यकारहरुलाई प्राथमिकतामा राखेको कुरा बताए भन्नुभयोे दुवै कृतीहरुको लोकार्पण वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले गरेका थिए । सँघारमाको समिक्षात्मक टिप्पणी गर्दै युवा समिक्षक अनुपमा रेग्मीले किशन थापा अधीरका कथाहरु नवीन शैलीमा र प्रयोगाशिल रहेका भन्नुभयो । स्वाहाको टिप्पणी गर्दै कवि तथा समालोचक देवी नेपालले यो कृती नेपाली राजनितीमा देखिएको विकृतीहरुको स्वाहा हो र गाम्नाङ्गेमा विकृतीलाई मिठो तरिकाले प्रहार गर्न सक्ने सार्मथ्य छ भन्नुभयो ।

swaha2-20690327_550

तुलसी भट्टराईले दुबै कृतीका सर्जकहरुको प्रगतीको कामना गरे भन्न’भयोे नयनराज पाण्डेले दुबै सर्जकहरुको सफलताको कामना गर्नुभयो । कृतीकार गाम्नाङ्गेले राजनितिक नेताहरुले रमाईला घटनाहरु गर्ने भएकाले हास्यब्यङ्ग रचना फुर्छ र लेखन सजिलो हुन्छ भन्नुभयो । कृतीकार थापाले बास्तवमै २ वाक्यको संक्षिप्त मन्तव्य राख्दै समाज प्रति धेरै कुरा र्गनुपर्ने भएको र त्यो कुरा कथामा अभिव्यक्ति गरेको भन्नुभयो ।

swaha3-20690327_550

प्रमुख अतिथि मोदनाथ प्रश्रितले बताउनुभयो कि राजनितिक नेताहरुको कुरा बाहिरबाट हेर्दा विचरापन र हाँस्न मन लाग्ने हुन्छ भने भित्रबाट हेर्दा देशै बर्बाद भएको देखिन्छ साथै दृष्टिविहिन र निश्कर्षविहिन उत्तरआधुनिकता हामीलाई चाहिएको छैन । कार्यक्रमको अन्त्य डिकुरा पब्लिकेशन प्रा.लि.का अध्यक्ष पुण्य प्रसाद प्रसाईद्वारा मन्तव्य व्यक्त गर्दै गरियो ।

swaha4-20690327_550

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *