वासुदेव लुइँटेल पुरस्कार २०६८ वरिष्ठ हास्यव्यङ्ग्यकार प्रा मोहनराज शर्मालाई प्रदान गरिने

मितिः २०६९।४।७, काठमाण्डौ

हास्यव्यङ्ग्य साहित्य, कला र अभिनयका फाँटमा कार्यरत सिर्जनशील प्रतिभाहरूमध्येबाट छनोट गरी प्रदान गरिने वासुदेव–विद्यादेव लुइँटेल गुठीद्वारा सञ्चालित वासुदेव लुइँटेल पुरस्कार २०६८ यस वर्ष हास्यव्यङ्ग्य साहित्य क्षेत्रका प्रतिभा वरिष्ठ हास्यव्यङ्ग्यकार प्रा मोहनराज शर्मालाई प्रदान गर्ने निर्णय भयो । गुठीको आज बसेको बैठकले यो निर्णय गरेको हो । उक्त पुरस्कारको रकम १ लाख ११ हजार १ सय ११ रुपैयाका साथमा प्रतीक चिन्ह र कदरपत्र रहेको छ । पुरस्कार समारोह वासुदेव लुइँटेलको जन्मदिन भाद्र २३ गते प्रज्ञा भवन, कमलादीमा आयोजना गरिने भएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *