शब्दाहार क्रियसन्सका दुइ पुस्तक बिमोचन

मितिः २०७०।०४।१९

sabdahar
बागबजारको हार्दिक होटलमा शब्दाहार क्रियसन्सबाट प्रकाशित दुइ गजल संग्रह बिमोचन गरिएको छ । रितु अधिकारीको संचालन तथा प्रतिक ढकालको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा सरस्वति महतको गजल संग्रह मनको सौगात तथा पूर्ण कान्छा गुरूङको गजलसंग्रह उकाली ओराली बिमोचन गरियो । प्रतिक ढकाल द्वारा बिमोचित संग्रहहरूको घनेन्द्र ओझा र हरि अधिकारीले समालोचना गर्नु भएको थियो । अतिथिहरूमा पोष्टराज चापागाइ, फुलमान वल, प्रतिक ढकाल, हरी अधिकारी, घनेन्द्र ओझा लगायतको उपस्थिति रहेको थियो ।

 Sabdahar - 19042070-7

Sabdahar - 19042070-2

Sabdahar - 19042070-3

गजलकार सरस्वति महतले गजल प्रकाशन गर्न पाउँदा खुशी लागेको र मनका संवेगहरूलाइ सँगाल्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनु भयो । पुर्ण कान्छा गुरूङले शब्दहारले यो मौका दिएकोमा खुशी लागेको र गजलहरूमा विदेशको पिडा, देश दुखेको पिडा लेखिएको छ भन्नुभयो । समालोचक हरी अधिकारीले दुबै संग्रहहरूमा विदेशमा रहँदाका स्मृतिहरूलाइ कलामा ढालिएको र अझै राम्रा गजलहरू लेख्न शुभकामना दिनुभयो । प्रतिक ढकालले जीवनलाइ अत्यन्तै सहजरूपमा लिनु पर्ने र सर्जक कहिल्यै सानो नहुने र दुबै सर्जकहरूलाइ अझै धेरै लेख्ने प्रेरणा मिलोस् भन्ने धारणा बताउँदै सभा बिसर्जन गर्नु भयो ।

 Sabdahar - 19042070-4 Sabdahar - 19042070-5

Sabdahar - 19042070-6

Leave a Reply

Your email address will not be published. Required fields are marked *