संसद विघटनको राजनीति र अगाडिको बाटो

२०७८ असार ६

काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट को आयोजनामा जुम मिटिङ्ग मार्फत भोलीको नीति नेतृत्वकर्ताहरू नामक सार्वजनिक संवाद श्रृङ्खलामा “संसद विघटनको राजनीति र अगाडिको बाटो” विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमका वक्ताहरूमा कानूनका प्राध्यापक तथा संवैधानिक कानूनका विज्ञ प्रा. बिपिन अधिकारी, सामाजिक संवादको लागि गठबन्धन (Alliance for Social Dialogue) का निर्देशक हरि शर्मा र लेखक तथा सेतोपाटी संवाददाता श्री शोभा शर्माले आ-आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

प्रा. बिपिन अधिकारीले संसदीय सर्वोच्चता र संबैधानिक सर्वोच्चताको बारेमा प्रकाश पार्दै अहिलेको बिषम परिस्थिति श्रृजना हुनुमा प्रधानमन्त्रि र सरकारले कार्यसम्पादन गर्ने क्रममा झेल्नु परेको असहयोग र कठिनाइ पनि कारक रहेको बताउँदै हाम्रोमा संबैधानिक सर्वोच्चता रहेको कारणले पनि अहिलेको समस्यालाइ कानूनी र संबैधानिक विश्लेषणलेनै सर्वोच्च अदालतले यसको कोर्स करेक्सन गर्नुपर्ने धारणा राख्नुभयो । त्यसैगरी हरि शर्माले अहिलेको समस्यालाइ राजनैतिक दृष्टीकोणबाट मात्र हेरिन नहुने मत राख्नुभयो । लेखक शोभा शर्माले पुष ५ गते प्रधानमन्त्रिले संविधान विघटन गर्दा सबैमा एक किसिमको अन्योलता रहेको र पछि विज्ञहरूसँग छलफल गर्दै र अदालतमा भएका पक्षविपक्षका वकिलहरूले गरेका बहशको आधारमा पक्ष विपक्षमा नलागि निरन्तर पत्रपत्रिकामा रिपोर्टिङ् गरिरहेको अनुभव सुनाउँदै यस्तो परिस्थितिमा पत्रपत्रिकाले निस्पक्ष समाचार दिनुको महत्व पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *