सरु पोख्रेलको कथा संग्रह ‘चिसो घाम’ विमोचित

सरु पोख्रेलको कथा संग्रह ‘चिसो घाम’ आज
सर्वनाम थिएटरमा अन्तराष्ट्रिय नारी लेखन मञ्चले आयोजना गरेको कार्यक्रमा पुस्तक विमोचन गरिएको छ । उक्त कथा संग्रह मञ्चका सल्लाहकारहरु डा. सावित्री कक्षपति, तोया गुरुङ, भागिरथी श्रेष्ठ, माया ठकुरी र डा.ज्ञानु पाण्डे तथा नयनराज पाण्डे र श्रीओम श्रेष्ठले विमोचन गरेका हुन् ।

image

विमोचन कार्यक्रममा बोल्दै डा. कक्षपतिले कथामा भएका नारी पात्रहरु विद्रोही हुनुपर्ने
बताइन् । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संग्रहले पाठकहरुको अपेक्षामा न्याय गर्ने दाबी गरे । कवि तोया गुरुङले ‘चिसो घाम’ निकै हृदयस्पर्शी कथा भएको बताउँदै
कथामा आविष्कार हुनुपर्नेमा जोड दिइन ।

कार्यक्रमा अन्तराष्ट्रिय नारी लेखन मञ्चको उद्घाटन समेत गरियो । पाँचैजना सल्लाहकारहरुले यो मञ्चको उद्घाटन गरेका हुन् । नारीका लेखनलाई सघाउन र यसलाई शसक्त बनाउन मञ्चले भूमिका खेल्ने
मञ्चकी अध्यक्ष निलम कार्की निहारिकाले
बताइन् । उक्त संग्रह शब्दहार क्रिएसन्सले बजारमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *