साहित्य सन्ध्यामा ‘संविधान बनाऊ’ विशेष कविगोष्ठी सम्पन्न

रमेश पोखरेल
साहित्य सन्ध्या, काठमाडौँ
मितिः २०७१।१०।३

साहित्य सन्ध्याको ३४५ औँ कार्यक्रम माघ ३ गते शनिवार अपराह्न १ बजे ‘आर.आर.क्याम्पस’ प्रदर्शनी मार्गमा ‘संविधान बनाऊ’ विशेष कविगोष्ठीका रूपमा सम्पन्न भयो । साहित्य सन्ध्याका कार्य वाहक अध्यक्ष रमेश पोखरेलको अध्यक्षता र सदस्य प्रशान्त खरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा अतिथिका रूपमा वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, प्राज्ञहरू नर्मदेश्वरी सत्याल, गायत्री विष्ट र माधव प्रधान, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय, अभिनव साहित्य प्रतिष्ठानका अध्यक्ष वेदमणि घिमिरे, जन साहित्यिक मञ्च नेपाल काव्य विभागकी संयोजक डा.विन्दु शर्मा, अधिवक्ता रुद्र नेपाल र वरिष्ठ कवि रामबहादुर पहाडी उपस्थित हुनु हुन्थ्यो ।
image
image
image

गोष्ठीको प्रारम्भमै सञ्चालक प्रशान्त खरेलले मुलुकमा व्याप्त वेथितिका विरुद्धमा र रूपान्तरणका पक्षमा अभियान सञ्चालन गरि रहेको साहित्य सन्ध्याको यो नियमित मासिक गोष्ठी एक प्रकारको कार्यशाला हो र यहाँ नयाँ तथा पुराना स्रष्टालाई एकै थलोमा उभ्याएर सिक्ने सिकाउने समेतको कार्य गरिने प्रचलन रहेको छ । तर आज मुलुकमा संविधान नबनेर देखिएको अस्थिरताका विरुद्धमा अब स्रष्टाले आफ्नो कलमका माध्यमबाट खबरदारी गर्नु पर्छ भन्ने मान्यताका साथ ‘संविधान बनाऊ’ विषयक दबाबमूलक विशेष कविगोष्ठीको आयोजना गरिएको जानकारी दिनु हुँदै हाम्रो निम्ता स्विकार गरी उपस्थित हुनु हुने सबैलाई स्वागत छ भन्दै कार्यक्रमको थालनी गर्नु भयो ।
image

image

गोष्ठीमा बालकविहरू प्रलिसा अधिकारी, प्रजिसा सत्याल, प्रज्ञा सिलवाल, निलिसा दाहाल, जोनी नेपाल र रुमी नेपालले आआफ्ना अत्यन्त सासामयिक र सुन्दर रचना वाचन गरेका थिए । त्यसै गरी कविहरू अतृप्त पाण्डेय, पूर्ण विराम, ओमप्रसाद कोइराला, रिता निरौला, रामबहादुर पहाडी, डिल्लीराज अर्याल, निरक्षर निरौला, नारायण निराशी, जयन्ता पोखरेल, कृष्णदेव रिमाल, प्रदीपरत्न शाक्य, गायत्री विष्ट, नवराज श्रेष्ठ, वेदमणि घिमिरे, यशोदा अधिकारी, अशोक सुवेदी, रमेश गौतम ‘पाल्पाली’, रन्तनिधि रेग्मी, मुकुन्द न्यौपाने, असीम सागर, ब्रह्मप्रिय प्रेमस्वरूप, भागवत आचार्य, रामप्रसाद प्रसाईँ, रश्मि रिमाल, नर्मदेश्वरी सत्याल, भोलानाथ सुवेदी, यदुनाथ वसन्तपुरे, इन्दु अंशु, प्रेमराज सिलवाल, रोशनकुमार गिरी, शीतल गिरी, बालाकृष्ण अधिकारी, पुण्य गौतम ‘विश्वास’, डम्बरध्वज लिम्बू, गोपालकुमार मैनाली, डा.विन्दु शर्मा, प्रेम ओली, गोविन्द नेपाल, जनार्दन धड्कन, भुवन भूकम्प, राजेश चोच्छे, शारदा पराजुली, उर्मिला पन्त पाण्डेय, डिल्लीप्रसाद मुल्तिउन, अविकेशर ओली र प्रमोद स्नेहीले आआफ्ना कविता, गीत गजल प्रस्तुत गर्नु भयो ।  
image

image

गोष्ठीको समापन गर्दै अध्यक्ष रमेश पोखरेलले साहित्य सन्ध्या सामाजिक सांस्कृतिक रूपान्तरणको सशक्त अभियान चलाइ रहेको संस्था भएकाले देशमा जब जब सङ्कट आइ पर्छ स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट कस्सिएको दबाब दिनु पर्छ भन्ने मान्यता राख्ने र सोही अनुसारको कार्य सम्पादन गर्ने कार्य यसले गर्दै आएको छ । यसले सदैव नयाँ र पुराना पुस्तालाई एकै थलोमा भेला गर्छ र सिक्ने सिकाउने कार्य गर्छ । अहिले चाहिँ मुलुकलाई निकास दिने संविधान बन्नु जरुरी छ भन्ने दबाब दिन आजको गोष्ठीलाई ‘संविधान बनाऊ’ विशेष कविगोष्ठीका रूपमा सम्पन्न गर्ने उद्देश्यले कविहरूलाई निमन्त्रणा गरिएको र आज वाचित जम्मा त्रिपन्न ओटा रचनामध्ये आधाभन्दा थोरै बढी रचना संविधान बनाउने दबाब दिने खालका आएका, समसामयिक समय बोध गर्दै रूपान्तरणको आग्रह स्पष्ट रूपमा कवितामा गरिएको देखिन्छ । यो अभियानलाई संविधान नबनेसम्म जारी राखिने र अबका कार्यक्रम सडकमै गरिने जानकारीका साथ आइ दिनु हुने सबै सबैमा हार्दिक धन्यवाद भन्दै गोष्ठीको समापन गर्नु भयो ।
image

image

Leave a Reply

Your email address will not be published. Required fields are marked *