साहित्य सन्ध्यामा ‘सीमा अतिक्रमणसँग सम्बन्धित’ रचना वाचन गरी प्रविधिमैत्री विशेष कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, काठमाडौं

२०७७ जेठ १७

साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले रोकिएको नियमित मासिक ४०५ औँ शृङ्खला जेठ १७ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री कविगोष्ठी सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो ।


वरिष्ठ कवि विधान आचार्यको प्रविधि संयोजनमा सन्ध्याका उपाध्यक्ष र अध्यक्षले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’, दाङबाट प्रा.केशव सुवेदी, प्राज्ञ परिषद् सदस्यहरू प्रा.डा.हेमनाथ पौड्याल, डा.देवी नेपाल, लक्ष्मी माली, साहित्यकार प्रा.डा.पशुपतिनाथ तिमिल्सिना, प्रगतिशील लेखक सङ्घ नेपालका कोषाध्यक्ष डा.ध्रुव घिमिरे, प्रा.डा.खेमनाथ दाहाल, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, वरिष्ठ साहित्यकार हरिहर खनाल, साहित्यकारहरू डम्बर पहाडी, सीताराम नेपाल, प्राज्ञ नन्दु उप्रेती, ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डेय, प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमला अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।


गोष्ठीमा प्रा.डा.हेमनाथ पौड्याल, गोपाल बराल, सुनसरीका बद्री भिखारी, नेपालगन्जका हरि तिमिल्सिना, नन्दु उप्रेती, डा.बालचन्द्र मिश्र, अनिता लामा, प्रा.डा.पशुपतिनाथ तिमिल्सिना, प्रा.डा.खेम दाहाल, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, मोरङ उर्लाबारीबाट तिला गौतम लेकाली, इलामबाट बालकृष्ण लामिछाने, भैरहवाबाट डा.हिरण्यलाल रेग्मी, डा राजेन्द्र अधिकारी, डम्बर पहाडी, विराटनगरबाट गायत्री चापागाईँ, रामदेव पाण्डेय, भारती न्यौपाने, डा.देवी नेपाल, हरिहर खनाल, स्नेह सायमी, लक्ष्मी माली, सुर्खेतबाट देवकी तिमिल्सिना, काश्कीबाट यज्ञ पौडेल, अर्जुन अन्योल दाहाल, नर्मदेश्वरी सत्याल, वासुदेव अधिकारी, जयन्ती स्पन्दन, डा.हरिप्रसाद सिलवाल, गङ्गा कर्माचार्य, गिता सापकोटा, प्रेमराज सिलवाल, देबु लुइटेल, परशुराम पराशर, पवन सङ्ग्रौला, नवराज खतिवडा, चेतनाथ धमला, गोपाल मैनाली, रमेश पोखरेल, विधान आचार्य र राम विनयले आआप्mना समसामयिक कविता, गीत, गजल, हाइकु बाचन गर्नुभयो ।


वाचित सिर्जनामाथि टिप्पणी गर्नुहुँदै साहित्यकार देविका तिमिल्सिनाले आजको विशेष गोष्ठीमा वाचित ४३ ओटा रचना समसामयिक रहेका, सिर्जनामा विद्रोही चेतना देखिएको, छ प्रकारका विषयवस्तुमा कविता सिर्जना गरिएका छन् तापनि सन १९५० को असमान सन्धिले नै हामीलाई झुकाएको हुँदा हामीले साम्राज्यवादी हैकमको विरोध गर्नुका साथै सत्ताधारीलाई यथार्थको जानकारी गराउने र दिशा निर्देश गर्ने अनि तथ्यमा आधारित सिर्जना गर्नुपर्ने अवस्था रहेको छ । कविताहरूमा राष्ट्रियताको भावना सशक्त रहेको पाइन्छ तापनि भौतिक सत्यलाई स्वीकार गरेर आक्रोश मात्रै भन्दा पनि संयम र सन्देश सम्प्रेषण गर्नुपर्ने, मुलुकभित्रका बिकाउहरूलाई खबरदारी गर्नुपर्ने आजको आवश्यकता रहेको, विगतका कमीकमजोरीलाई औँल्याउँदै सुधारको सन्देश दिनुपर्ने आवश्यकता रहेको तर्फ पनि स्रष्टाको ध्यान जानु जरुरी रहेको धारणा राख्नुभयो ।


दाङबाट प्रा.केशव सुवेदीले आजको गोष्ठीमा सामयिक सन्दर्भका, जोशका, सीमारक्षाका चार दर्जन सिर्जना सुनिए । यद्यपि हामीले हाम्रो अभिव्यक्ति कौशललाई संयमित र शालीन बनाउनुपर्ने आवश्यकता चाहिँ अझै रहेको छ र यो बन्दाबन्दीका कारणले स्रष्टाहरू र साहित्यानुरागी घरैमा थुनिनुपरिरहेको अवस्थाले गर्दा गोष्ठीलाई साप्ताहिक वा पाक्षिक पार्नसके अझै राम्रो हुने धारणा राख्नुभयो ।
प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष प्रा.डा जीवेन्द्र देव गिरीले प्रविधिमैत्री गोष्ठीको रसास्वादन आज गर्न पाइयो । कविताले नेपाली राष्ट्रियताको रक्षाका पक्षमा दर्बिलो वकालत गरेका छन् । गोष्ठीलाई प्रविधिकै प्रयोगका माध्यमबाट अलि बाक्लो गर्नु चाहिँ उपयुक्त नै हुन्छ भन्ने धारणा राख्नुभयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयले आजको यो ७७ जनासम्मको उत्साहपूर्ण सहभागिता, देशैभरका स्रष्टाको सहभागिता, प्रविधिको प्रयोग र यसमा वरिष्ठ कवि विधान आचार्यको सहयोग महत्त्वपूर्ण रहेको छ । हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्रविधिसँग जोडिएर सहभागी भइदिनुहुने र सिर्जना वाचन गरी खबरदारी गर्नुहुने सबै स्रष्टामा हार्दिक धन्यवाद दिन चाहन्छु । आज वाचित रचनाका बारेमा साहित्यकार देविका तिमिल्सिनाले टिप्पणी गरिदिनुभयो । हामी स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट छिमेकीको साम्राज्यवादी प्रवृत्तिका विरुद्धमा सशक्त आबाज उठाउनु हाम्रो दायित्व हो भन्ने थप अनुभूत गर्ने अवसर पायौँ । आज उपस्थित सबै अतिथि, स्रष्टा र सिर्जनाका लागि हार्दिक धन्यवाद दिन्छु । अर्काे सन्ध्यामा कुनै एक गहन विषयमा हामी बहस गर्ने छौँ र सिर्जना वाचन गर्ने छौँ । त्यो समारोहको निम्तामा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Comments are closed, but trackbacks and pingbacks are open.