सिर्जना र श्रष्टाको सम्मानको आठौँ सृङ्खला सम्पन्न

मितिः २०६९।०२।२०,
वलराम राइ

urber8_550

उर्वर साहित्य समाजले प्रत्येक महिनाको तेस्रो सनिवार आयोजना गर्दै आएको सिर्जना र श्रष्टाको सम्मानको आठौँ श्रृङ्खला २०६९ जेष्ठ २० गते सनिवारका दिन नेपाली लोक बाजा सङ्ग्रहालय,त्रिपुरेश्वरमा साहित्यकार मात्रिका पोखरेललाई सम्मान गर्दै समालोचक प्रा. नारायणदत्त पौड्याल र राम प्रसाद कँडेलद्वारा पोखरेलका यात्राको एउटा दृश्य (२०६४) कविता सङ्ग्रहमाथि समीक्षा गर्दै सम्पन्न भयो ।

कार्यक्रममा पूर्ण विराम,नारायण निरासी,प्रकाश सिल्वाल,वैरागी जेठा,प्रशान्त खरेल,बलराम राई,भीम दाहाल,शान्ता पन्थी,गोपाल कार्की,सीता पङ्गेनी,सागर काफ्ले,राम प्रसाद प्रसाई,विवश विप्र,सन्तोष न्यौपाने,युगान्त पौड्याल,प्रा.गोविन्द प्रसाद आचार्य,जी.केयन खडेरी लगायत अन्य साहित्यकारहरुद्वारा वाचित रचनाहरुमाथि साहित्यकार मातृका पोखरेलले सामुहिक रुपमा टिप्पणी गर्नुभयो ।

उर्वर साहित्य समाजको कार्यक्रममा पहिलो चोटि प्रा.गोविन्द प्रसाद आचार्यद्वारा व्रेल लिपिबाट कविता वाचन गर्नुभयो । कार्यक्रममा प्रख्यात फिल्म निर्देशक के.पी. पाठक लगायत थुप्रै साहित्यकारहरुको उपस्थितिमा भीम दाहालको संयोजकत्व, पारस ढकालको सभापतित्व र बलराम राईका सञ्चालनमा सम्पन्न भयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *