सिर्जना वाचनको १२ औं शृङ्खला

२०७०।०२।१८,  काठमाण्डु

राजधानीको पश्चिम भेगमा साहित्यिक गतिविधि सञ्चालन गरिरहेको अनुपम सिर्जना प्रतिष्ठानको नियमित सिर्जना वाचन कार्यक्रमको १२ औं शृङ्खला शनिवार एडमार्क कलेज परिसरमा सम्पन्न भयो । प्रतिष्ठानका उपाध्यक्ष रमेशप्रसाद गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमका मूख्य अतिथि हुनुहुन्थ्यो वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल । कार्यक्रममा सामाखुसी साहित्य प्रतिष्ठानका अध्यक्ष भाग्यशाली अधिकारी, ज्योति साहित्यि प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, सुरभि साहित्य प्रतिष्ठानका परशुराम पराजुली परासर, वरिष्ठ छन्दकवि मेदिनी सुवेदी र अनुपम सिर्जना प्रतिष्ठानका सल्लाहकारहरू समेतको आतिथ्य रहेको थियो ।  

 

कार्यक्रममा विविध विधाका चार दर्जनभन्दा बढी सिर्जना वाचन गरिएको थियो । मूख्य अतिथिको आशनबाट ज्ञानुवाकर पौडेलले मानिसलाई धन सम्पति, पद र पैसाले कहिल्यै अमर बनाएको छैन, बरू साहित्यिक सिर्जनाले जन्मजन्मान्तर अमर बनाउन सक्ने बताउनुभयो । अतिथि स्रष्टाहरूले साहित्यिक गतिविधिमा अनुपमको उपस्थिति र सक्रियता अनुकरणीय रहेको विचार व्यक्त गर्दै आआफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नयाँ र पुराना पुस्ताको उल्लेखनीय सहभागिता रहेको थियो भने पुराना पुस्ताका राम्रा सिर्जना सुनेर नयाँ पुस्ताका नवस्रष्टाहरू अभिप्रेरित भएको अनुभव गरेका थिए ।

 

कार्यक्रममा कविता, गजल, मुक्तक, गीत, तान्का जस्ता बहुविद् रचना सिर्जना वाचन गरिएको थियो ।

छन्द संरचनामा आफ्ना कविता सिर्जना वाचन गर्नेहरूमा पूर्णप्रसाद पन्त, सूर्यवदना पंडित, रामप्रसाद पौडेल, युवराज भट्टराई, सूर्यकुमार पंडित, जगदीश्वर पोख्रेल, रामहरि दाहाल र भाग्यशाली अधिकारी हुनुहुन्थ्यो ।  मणिराज सिंह, प्रदीप रत्न शाक्य, शिशिर देवकोटा, जीवन श्रेष्ठ, शशी थापा, मिन कौशिक, निशान निष्कर्ष, सुमित्रा दवाडी, तुलशीराम पोख्रेल राजेन्द्र प्रसाद ढुङ्गानाले गद्यलय संरचनाका कविता वाचन गर्नु भएको थियो । शम्पा उपाध्यायले भने कवि धरणीधर कोइरालाका विषयमा काव्य अंश वाचन गर्नुभयो ।

 

त्यसै गरी गजल सिर्जना प्रस्तुतिमा परशुराम पराजुली परासर, विनुबाबा घिमिरे, युआर गौतम, विदुर तिमल्सिना, शिव न्यौपाने र प्रताप राना मगर हुनुहुन्थ्यो । रिता बस्नेत, श्यामबहादुर भावुक, सुधा ढकाल, लक्ष्मण प्रसाद पोखरेल, मिरा रानाभाट र भिजन गुरागाइँले चाहिँ गीति सिर्जना प्रस्तुत गर्नु भएको थियो ।

 

नरनाथ लुइँटेल, मुकुन्द लामिछाने, डा. बमबहादुर जिताली, हरि खनाल र डा. जीवन अधिकारीले हास्यव्यङ्ग्य सिर्जनाद्वारा सहभागीहरूलाई बौद्धिक मनोरञ्जन दिनुभएको थियो भने कुमार श्रेष्ठ, सहाना सुवेदी र टङ्क सेलिङ लिम्बुले मुक्तकहरू प्रस्तुत गर्नुभएको थियो । ज्ञानुवाकर पौडेलले गजल र मुक्तक तथा बि.केएन खडेरी तान्का सिर्जना बाचन गर्नुभयो ।

 

यस पटकको सिर्जना वाचन कार्यक्रममा बालस्रष्टाहरूको सहभागिता पनि उल्लेख्य रहेको थियो । फुलमाया तामाङ, खूवु नेशा, सुसन प्रधान, जावेद आलम, अञ्जली ढुङ्गाना, रोशन भुजेल र सरिता पराजुलीले आफ्ना बालरचना प्रस्तुत गर्नुभएको थियो ।

सिर्जना प्रतिष्ठानको साहित्य विभागका संयोजक जगदीश्वर पोखरेलले सङ्क्षिप्त स्वागत मन्तव्यपछि आरम्भ भएको कार्यक्रममा अतिथ एवम् सहभागीहरूमा धन्यवाद ज्ञापन गर्दै सभाध्यक्ष रमेशप्रसाद गौतमले विसर्जन गर्नुभयो थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव नवराज पहाडीले गर्नुभएको थियो ।

(तस्विरः उदयराज गौतम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *