‘स्मृतिमा रुद्र खरेल’ ग्रन्थ सार्वजनिक

काठमाडौं, मार्ग ४
प्रगतिशील लेखक सङ्घ नेपालको आयोजनामा राजधानीको प्रज्ञा भवनको प्रवचन कक्षमा भएको एक कार्यक्रमविच प्रगतिवादी लेखक, प्रगतिशील साँस्कृतिक आन्दोलनका योद्धा तथा निबन्धकार रुद्र खरेलको स्मृतिमा आज अपरान्ह ३ बजे ‘स्मृतिमा रुद्र खरेल’ ग्रन्थ सार्वजनिक गरियो ।

image

image

प्रलेसका सचिव आर् एम् डङ्गोलको संचालन तथा प्रलेसका अध्यक्ष अमर गिरीको अध्यक्षता तथा प्रमुख अतिथि आनन्ददेव भट्ट, प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति विष्णु विभु घिमिरे, रामसिंह श्रीस, नीरा खरेल, रामचन्द्र फुँयाल लगायत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत मन्तव्य दिँदै सत्या पहाडीले उपस्थित सबैमा स्वागत गर्नु थियो । उक्त कार्यक्रममा प्रलेसका पुर्व उपाध्यक्ष आनन्ददेव भट्टले ‘स्मृतिमा रुद्र खरेल’ ग्रन्थ सार्वजनिक गर्नुभयो ।

image

image

कार्यक्रममा उक्त स्मृतिग्रन्थका कार्यकारी सम्पादक रामचन्द्र फुयालले भन्नुभयो “२०६६ पौषमा यो ग्रन्थ तयारी गर्ने गरि अग्रजहरुसहित सल्लाह भयो र कार्य शुरु गरियो । केही संघसंस्था र व्यक्तिको अमुल्य सहयोग, आर्थिक सहयोग समेतले यो ग्रन्थ प्रकाशन भएको छ । नेपाली व्यङ्ग्य विधामा भैरव अर्याल पछिका ससक्त व्यक्तित्व रुद्र खरेल हुनुहुन्थ्यो । उहाँका रचनाहरु विभिन्न विश्वविध्यालयका पाठ्यक्रममा राखिएको छ ।”

image

image

रामसिंह श्रीषले रुद्र खरेलको बारेमा बोल्दै भन्नुभयो कि रुद्र खरेलको बोली र कार्यमा कहिँपनि अन्तरबिरोध थिएन । ग्रन्थ प्रकाशन समितिका संयोजक तथा प्रतिष्ठानका कुलपति उप्रेतीले भन्नुभयो कि रुद्र खरेल तत्कालिन झापा बिद्रोहको नक्शालबादी कार्यशैली प्रति बिमति राख्नुहुन्थ्यो तर पनि उहाँलाई त्यहि आन्दोलनको कारणले तत्कालीन पञ्चायती सरकारले जेल चलान गर्यो । र जेल जीवनमै उहाँले स्नातकोत्तर गर्नुभएको थियो ।

image

image

आफ्नो मन्तब्य दिँदै आनन्ददेव भट्टले भन्नुभयो कि देशका विभिन्न ठाउँमा रुद्र खरेल र म तत्कालीन प्रलेसको उपाध्यक्ष र अध्यक्षको रुपमा एकसाथ सहकार्य गरेका छौं । कार्यक्रममा प्रलेसका उपाध्यक्ष हिरामणी दुखिले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

image

image

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष गिरीले भन्नुभयो कि रुद्र खरेल बहुआयामिक हुनुहुन्थ्यो र उहाँको क्रियाशीलता साहित्यिक, राजनैतिक र साँस्कृतिक क्षेत्रमा रहेको थियो । उहाँको सम्मान गर्नु भनेको सार्थक रुपमा अनुशरण गर्नुनै हो ।

image

image

Leave a Reply

Your email address will not be published. Required fields are marked *