हामी कवि र कविताको २१औँ श्रृङ्खलामा कविद्वय विजय वजिमय र पुर्णविरामका रचना प्रस्तुत

कार्तिक १, २०७१, काठमाण्डौ
कालिकास्थानको सर्वनाम थिएटरमा सर्वनाम र श्री लुनकरणदास -गङ्गादेवी चौधरी साहित्य कला मन्दिरको संयुक्त आयोजना तथा राजेन्द्र सलभको संचालनमा भएको कार्यक्रममा कविद्वय विजय वजिमय र पुर्णविरामद्वारा संयुक्त लगभग २० वटा रचना वाचन गरियो । सर्वनाम संयोजक अशेष मल्लद्वारा वजिमयलाई खादा अर्पण गरेर तथा पुर्णविराम पत्निसशोकमा भएकाले तालिद्वारा अभिनन्दनगरियो ।

image

कार्यक्रमको पहिलो चरणमा विजय वजिमयद्वारा ३ मुक्तकहरु (विजय वजिमय, आमा लगायत), कारावास, म एउटा युद्धको आह्वान गरिरहेको छु, सुर्जेमान नारा लगाई रहेछ, ईष्टदेवता, प्रजातन्त्रको भित्तो, युद्ध रोक – युद्ध रोक लगायतका ७ कविताहरु र १ गजल वाचन गरियो ।

image

दोश्रो चरणमा पुर्णविरामद्वारा ८ वटा शसक्त कविताहरु वाचन गरियो जसमा केदार मर्यो, श्रद्धाको म्याद समाप्त भएको छ, म तिम्रो कम्मरको कन्दनि होईन,  जमुना बैनी अब मैले कसको के कुरा गर्नु, अनौठो छ नयाँ बर्ष, फलामको खानीमा, खोर्सानी बारिमा,  मल्लको झ्यालबाट लगायतका अत्याधिक रुचाईएका कविताहरु थिए ।

image

Leave a Reply

Your email address will not be published. Required fields are marked *