२०५ औ भानुभक्त जयन्ती कवि गोष्ठी

आज कुलेश्वोर आवास परिवार कल्याण संस्था, साहित्य कला संस्कृति समाज ,जेष्ठ नागरिक समाज र महिला समाजको संयुक्त आयोजनामा र भानुको बारेमा चर्चा गरि मनाइयो।पुर्ब मन्त्री तथा सामाजिक अभियान्ता र साहित्यकार शान्ता मानबीको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा करिब २५ जना कबिहरुले (दस जना बिद्यार्थीहरु समेत) कविता पाठ गर्नु भएको थियो।गोष्ठीमा भानु भक्तको रामायण आध्यात्मिक मात्रै न भएर यस्लाई लोक भाकामा लेखिएकोले नेपाल बाहिर र भित्र लोकप्रिय भएको,२०१४सालमा महाकवि लक्ष्मी प्रसाद देव्कोटा शिक्षा मन्त्री हुंदा नेपाली भाषा अनिवार्य भएकोले यसले ब्यापकता पाएको र भानुले रामको मात्रै अन्ध भक्ती नदेखाएर बालिलाई मार्दा उस्ले रामलाई सरापेको कुरा पनि राखेको बारेमा चर्चा भयो ।साहित्यकार शान्ता मानबिले नेपाल भित्र र अझ बढी भानुभक्त को रामायणको गहिरो प्रभाव भएकोले भाषागत एकता भएको छ भन्नू भयो र नेपालको समृद्धि र सुखी नेपालीको लागि सबै यश अभियानमा लाग्नु पर्ने बताउनु भयो।तुलसीको बिरुवामा जल सिन्चन गरेर र भानुभक्तको तस्बिरमा मुख्य अतिथि मानबिले माल्यार्पण गरेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो।संस्थाका अध्यक्ष लोकनाथ पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजका सल्लाहकार बुद्धिमा ढुङ्गानाले गर्नु भएको र राष्ट्रीयगान र शान्तिको लागि प्रार्थना भएको कार्यक्रममा समाजक संयोजक राम बिनयले कार्यक्रमको औचित्य बारेमा स्पष्ट पार्दै सबैलाई स्वागत गरेको र जेष्ठ नागरिक समाजका संयोजक कृष्ण मुरारी शर्माले धन्यवाद दिनु भएको थियो।कविता पाठ गर्ने कबिहरुमा प्रलेस अध्यक्ष तथा प्रा मातृका पोखरेल,प्रकाश सिल्वाल,गोबिन्द नेपाल ,नीलहरी सुवेदी,प्रा घन श्याम कंडेल,मथुरा सैजु,डा देवि भुसाल,प्रा बिधान आचार्य ,यामसन प्याकुरेल ,नारायण आचार्य ,बाबुराम काफ्ले ,युबराज न्यौपाने ,बिद्या लक्ष्मी श्रेष्ठ लगायत हुनु हुन्थ्यो। बाचित कवितामा समिक्षा कवि बिधान आचार्यले गर्नु भएको र भानुभक्त बारेमा स्पष्ट न भएको बारेमा स्पष्ट पार्नु भएको थियो करिब १०७ जना भन्दा बढी सहभागी भएको उक्त कार्यक्रममा बढिमा ज्येष्ठ नागरिक (महिला पुरुष )हरु,स्कुलका बिद्यार्थीहरु ,विभिन्न क्षेत्रहरूका ब्यक्क्तित्वहरु समेतको उत्साहप्रद उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *