​कपन–बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको सम्मान तथा पुरस्कार

रमेश पोखरेल, काठमाडौं

कपन–बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको छैटौँ वर्ष प्रवेशको उपलक्षमा रत्नराज्य उ.मा.वि., मध्य बानेश्वरमा आयोजित विशेष समारोह सम्पन्न भयो । उपन्यासकार शंकर भारतीको सभापतित्वमा सम्पन्न भएको उक्त समारोहको सञ्चालन निबन्ध आचार्यले गर्नुभएको थियो भने अतिथिका रूपमा प्रखर कवि तथा समालोचक डा.रामप्रसाद ज्ञवाली, रत्नराज्यकी प्राचार्य डा.गीता खरेल सिवाकोटी, मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, वरिष्ठ सङ्गीतकार विजयसिंह मुनाल, शंकर पौडेल, बाजुराम पौडेल, श्रीराम आचार्य, प्रेम ओली, रामचन्द्र दाहाल, कृष्ण आचार्य, पीताम्बर भण्डारी, पत्रिकाका प्रथम संरक्षक सदस्य हेम पौडेल, अर्जुन राना, सीता ओझा उपस्थित हुनुहुन्थ्यो ।

उक्त विशेष समारोहमा गङ्गा पौडेलले स्वागत मन्तव्यका साथै कपन–बानेश्वर राष्ट्रिय साप्ताहिक सृजना सम्मान प्राप्त गर्नुहुने चार्ली डेल्टा बराल, सदानन्द अभागी, अनिता भण्डारी, बाल रचनातर्फ कृपा बोगटी र समाचार सम्मानतर्फ रमेश पोखरेलको चयनका सम्बन्धमा र उहाँहरूको व्यक्त्त्विका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रखर कवि एवम् समालोचक डा.रामप्रसाद ज्ञवालीले समाजमा आआफ्नो क्षेत्रमा सक्रियतापूर्वक सत्कर्ममा लागिरहनुभएका व्यक्तिहरू सम्मानित हुनुभएको छ । यो सम्मान भनेको सतर्कताको सम्मान हो, सत्कर्ममा लागिरहनुहोस् भन्ने सम्मान हो । निःस्वार्थरूपमा लागिरहनुभएका निबन्ध आचार्य काम बढी, कुरा थोरै गर्ने अनि सत्कर्ममा लागिरहने व्यक्त्त्वि हो । उहाँले काव्य सप्ताह नै सम्पन्न गर्नुभयो । साहित्यिक सङ्ग्रहालय निर्माणको उहाँको लक्ष्य रहेको छ । उहाँ उत्साही, आत्मविश्वासी, साहित्यलाई माया गर्ने व्यक्त्त्वि भएकाले हामी सबैले पनि सहयोगको संस्कार विकास गर्नुपर्ने आवश्यकता छ । साथै हामीभित्रबाट र समाजबाट अहङ्कार, ईष्र्या, मैमत्तता र पाखण्डरूपी झारहरू उखेलेर फाल्नुपर्दछ । घमण्डले फुलाउँछ फैलाउँदैन; समाजमा देख्नुपर्ने नदेख्ने तर नदेख्नुपर्ने देख्ने अन्धाहरू छन्, त्यस्तै खालका बहिराहरू छन् । यी सबै विकृतिबाट मुक्त हुनसक्नुपर्दछ र मात्र साहित्यको सेवा हुनसक्तछ भन्नुभयो । ।

समारोहमा साहित्य सिर्जनासेवातर्फ चार्ली डेल्टा बराल, मोफसलबाट सदानन्द अभागी, महिलातर्फबट अनिता भण्डारी पौडेल, बाल रचनातर्फ कृपा बोगटी र साहित्यिक समाचार सम्मान रमेश पोखरेललाई खादा, सम्मान–पत्र तथा नगद रु.१,००५।–अर्पण गरेर सम्मान गरिएको थियो । त्यसैगरी रु.१,१०,०००।– अक्षयकोषमा राखिदिएर पत्रिकाको प्रथम संरक्षक रहनुभएका हेम पौडेल, श्रीराम आचार्य, अर्जुन राना र सीता ओझालाई खादा लगाएर सम्मान–पत्र अर्पण गरिएको थियो । त्यसैगरी कपन–बानेश्वर राष्ट्रिय साप्ताहिकको यस्तो विशेष कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग गर्ने संस्था तथा व्यक्तिहरू रिलायन्स बोर्डिङ स्कुल, मिलन चोक पार्टी भेन्यु, डा.भागवत ढकाल र भारद्वाज मित्रलाई पनि सम्मान–पत्र अर्पण गरिएको थियो ।

समारोहमा त्रिलोचन आचार्य, कृपा बोगटी, ओमप्रसाद कोइराला, अनिता भण्डारी पौडेल, बालचन्द्र भण्डारीले कविता वाचन गर्नुभएको थियो भने सम्मानित व्यक्तित्व चार्ली डेल्टा बराल र रमेश पोखरेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । डा.गीता खरेलले राम्रो काम गर्नखोज्नेलाई हतोत्साहित पार्ने चलन छ हाम्रो समाजमा, आपूmले पनि थोरबहुत भोगेकी छु तर हरि पाण्डे सर जस्ताका प्रेरणाले सदैव सत्कर्ममा लाग्नुपर्छ र सफलता हासिल गर्नसकिन्छ भन्ने आपूmले महसुस गरेको; पाँच वर्षकै अवधिमा पत्रिकाले महत्त्व स्थापित गरेको र सत्कर्म गरेको, प्रयत्न गरे सफल भइन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनु हुँदै विद्यालयमा स्तरीय सभाकक्ष तयार भएको हुँदा साहित्यिक कामका लागि निःशुल्क उपलब्ध गराउने जानकारी पनि दिनुभयो । साहित्यकार एवम् मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ले साहित्यिक पत्रिकाको पीडा अझै पनि दुःखपूर्ण छ, निष्ठापूर्वक साहित्यसाधनामा लागेका साहित्यकारसम्म सम्मान नपुग्ने गरेको र त्यसमा पनि चरम् विकृति देखिएको भन्नुहुँदै यस्तै सत्कर्मका माध्यमबाट त्यस्ता विकृतिलाई परास्त गर्नुपर्ने अवस्था रहेको बताउनु छ र सच्चा साधकको यस्तो सम्मान भने प्रशंसनीय रहेको धारणा राख्नुभयो ।

समारोहमा उपस्थितमध्ये पछिसम्म रहने रिता बस्नेत र ओमप्रसाद कोइरालालाई जनही बाटाखर्च रु.५०।–को डोर प्राइजसमेत उपलब्ध गराइएको थियो । समारोहमा उपस्थित व्यक्ति, संस्था सबै सबैलाई पुष्कर जङ्गमले धन्यवाद व्यक्त गर्नुभएको थियो भने सभाध्यक्ष शंकर भारतीले साहित्यकै सेवाका लागि भनी पत्रिका प्रकाशित यो पहिलो पत्रिका हो; यसका लागि त्याग, तपस्या आवश्यक हुन्छ र त्यो काम निबन्ध आचार्यले गर्नुभएको छ । आम्दानी नहुने बरु आफूले नै खर्च गर्नुपर्ने अनि समाजले अनुत्पादक मानेको तर यस्तो सत्कर्ममा उहाँ लाग्नुभएको छ । यो सबैको लागि प्रेरणा पनि हो भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *