“Policy Discourse and Research Conference on Public Policy and Governance in South Asia” बिषयक दुर्इ दिने सम्मेलन शुभारम्भ

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, the Asia Foundation-Nepal, niti Foundation-Nepal, Institute of Public Enterprise-India, ISET-Nepal, BRAC Institute of Governance and Development-Bangladesh र Think Tank Initiative/IDRC-India को संयुक्त आयोजनामा आज मिति २०७४/०३/२६ गते “Policy Discourse and Research Conference on Public Policy and Governance in South Asia” बिषयक दुर्इ दिने सम्मेलन शुभारम्भ भयो | उक्त कार्यक्रमको शुभारम्भ सत्रमा प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपानेले असल नीति निर्माण गर्न दक्षिण एसियाली राष्ट्रका नीति सम्बद्ध संस्थाहरूको एकआपसको सहयोग र समन्वय आवश्यक पर्ने भन्दै यो सम्मेलनले भोलीको असल नीति निर्माणको लागी एक महत्वपुर्ण मञ्च प्रदान गर्ने बताउनु भयो साथै भारत र बंगलादेशबाट आउनुभएका प्रतिनिधिहरू लगायत उपस्थित संचार माध्यमका प्रतिनिधि तथा आयोजक सबै संस्थाहरूका सदस्यहरूलाइ धन्यवाद दिँदै स्वागत गर्नुभयो । उद्घाटन सत्रमा बोल्दै TTI/IDRC का डा. समीर वर्माले सार्वजनिक नीति जनताको मस्तिष्क र सार्वजनिक संस्थाहरूको मुटुमा रहनु पर्दछ भन्दै सार्वजनिक नीति निर्माण गर्दा हामी कसलाइ सेवा प्रदान गर्दै छौं र नीतिको सार्वजनिक अंश के रहने हो बिचार पुर्याउनु पर्दछ भन्ने बताउनुभयो ।

सोही सत्रमा मन्तब्यको क्रममा काठमाण्डौ विश्वविद्यालयका रजिष्ट्रार तथा निमित्त उपकुलपती डा. भोला थापाले सार्वजनिक नीति निर्माणको छलफलले समस्या समाधान मात्रै गर्दैन भन्दै यस्ता छलफलमा विश्वविद्यालयको संलग्नताले हुने महत्वपुर्ण फाइदा यस्ता नीतिहरूमाथीको टिप्पणी र मुल्याङ्कन हो भन्ने बताउनुभयो ।

मन्तब्यकै क्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपती डा. तिर्थ खनियाले नीतिहरू निश्चित समयको सन्दर्भलाइ आमुल परिवर्तन गर्न निर्माण गरिन्छन् भन्दै समाजको समस्यालाइ नीतिले हस्तक्षेप गर्ने हो तर धेरै नीतिहरू निर्माण पश्चात लागु नहुँदै अवज्ञा गरिने परिपाटी रहेको बताउनुभयो ।

सम्मेलनमा चार वटा विषयगत छलफल गरिने तथा छ वटा प्राविधिक सत्रहरू संचालन गरिने जानकारि सम्मेलन आयोजना समितिका अधयक्ष तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक भरत थापाले दिनुभयो । सम्मेलन आषाढ २७ सम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *