‘माटो, मुटु र मन’ विमोचित

काठमाण्डौ,चैत्र १०गते शनिवार

गजलकार मीरा मन थापाले परदेशमा रहेर घरदेशका लागि आफ्नो सिर्जना उपहार दिएकी छिन्। उनासी गजल सङ्ग्रह समेटिएका यिनको प्रथम सिर्जनाको रुपमा आएको छ। यसलाई एक भव्य कार्यक्रम बिच गजल कृति ‘माटो, मुटु र मन’लाई प्राज्ञ तथा बरीष्ठ गजलकार बुँद राना बाट लोकार्पण गरिएको थियो। शब्दहारका सल्लाहकार तथा नियात्राकार प्रतीक ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कृति बारे प्रभाती किरण र घनेन्द्र ओझाले टिप्पणी गर्नु भएको थियो। उक्त कृति बारे बोल्दै गजलकार घनेन्द्र ओझाले भने- ‘यसमा समेटिएका गजलमा नारा छैनन, उनका गजलहरु विचार प्रधान छन। लयमा उत्कृष्ट र सशक्त रहेको देखिन्छ।’ यसै गरी गजल सङ्ग्रह बारे बोल्दै प्रभाती किरणले थपे- ‘मन र मुटु एकै हुन्, एक साकार हुन् र एक निराकार। श्रिङ्गारिक गजलहरु केही उत्कृष्ट छन् भने केहीमा लय मिलाउनु पर्ने देखिन्छ र पनि एउटा आशालाग्दो सम्भावना देख्छु।’ गजलमा आफ्नो भूमिका बाँध्नु हुने गजलकार करुण थापाले शुभकामना मन्तव्य दिनु भएको थियो। प्रमुख अतिथी बुँद राणाले नाम नै प्रेरणादायी रहेको उल्लेख गर्दै एक सामर्थवान गजलकार रहेको बताउनु भयो। कार्यक्रमलाई बिष्णु प्रवा सापकोटाले सञ्चालन गर्नु भएको थियो। कार्यक्रम राजाधानिको मुटु बिजुलिबजारमा रहेको मिक्किज फेमिली रेष्टुरेन्टमा भएको थियो। कार्यक्रमलाई गजलकार मीरा मन थापाले ईजरायल बाट फोन मार्फत शुभकामना दिनु भएको थियो।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *