नींद नहुने भए सपनीको (गज़ल)
– किरण टी लिम्बू नींद नहुने भए सपनीको के नै अर्थ हुन्छ र रात नहुने भए बिहानीको के नै अर्थ हुन्छ र ।। यो अर्थै-अर्थले जेलिएर अल्झेको मायावी संसारमा, माया नभएको भए जिन्दगानीको के नै अर्थ हुन्छ र ।। रीतिथिति,धर्म र दायित्व निभाउनै पर्ने समाजमा, घरबारै नचाहनेलाई अर्धाङ्गिनीको के नै अर्थ हुन्छ र ।। आमालाई मायाकी खानी पुजिने मन-मन्दिरमा, ममता नभएको भए जननीको केContinue Reading