घाम हाँस्छ धर्ती हेर्दै पानी-झरी परे पछि,
त्यसै गरि नयन हाँस्छ धेरै आँसु झरे पछि ॥
जिउँदो हुँदा वास्ता छैन मानिसलाई मानिसकै,
‘ला बाबै खा केरा ‘भन्छन आफ्नो मरे पछि ॥
तर्नु भन्दा पहिले नै किनार थाहा नहुनेलाई ,
फर्की हेर्छन तिनैले नै त्यहि खोला तरे पछि ॥
पाप-पुण्य भन्ने कुरा मानिसलाई मात्र होइन,
देऊताले नि भोग्नु पर्छ धेरै पाप गरे पछि ॥
सबै मानिस बलेकै आगो ताप्ने बानी भए जस्तै,
छाँया पनि साथी बन्छ घामले किरण छरे पछि ॥