सुक्ष्म संबेदना

– आचार्य प्रभा

मेरो सुक्ष्म संबेदनाकोAacharya Prava
कोखबाट जन्मिएका सन्तानहरू,
जब म नियाँलेर पढ्छु
लाग्छ,
कँही कतै स्तरिय शब्दरुपी
पोषणको अभावले
लाटा,लठेब्रा पो भएका हुन् की?
?????????????
घोरिएर सोंच्न सिवाय
म के नै गर्न सक्छु र ?
हो,
मेरो कम्जोर मनस्थितीको
पाठेघरमा केवल
कुपोषणको राश छ
अनि, म कसरी
स्वस्थ्य र पोषणयुक्त
सन्तान जन्माउँन सक्षम बन्छु ?
यसर्थ……….,
कुपोषोणरहित सन्तानको
जन्म दिन आमा स्वयं
स्वस्थ्य र पोषणयुक्त हुनुपर्छ ।
उस्को संबेदना सक्षम
अनि सबल  हुनुपर्छ
त्यसैले……,
म अचेल पोषणयुक्त
शब्दरुपी आहारको
बोहनी,बुत्तो गर्न
उद्वेलित छु,
अनि….,.
स्वस्थ्य भावनारुपी
सृजनाको उदाहरण
जन्माउँन आतुर छु,
शब्द,शब्दको ओखती
निचोरेर पिउने  हतारोमा छु ।

1 Comment

  1. सुन्दर कविता पढ्न पाइयो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *