नींद नहुने भए सपनीको (गज़ल)

–  किरण टी लिम्बू 

नींद नहुने भए सपनीको के नै अर्थ हुन्छ र
रात नहुने भए बिहानीको के नै अर्थ हुन्छ र ।।

यो अर्थै-अर्थले जेलिएर अल्झेको मायावी संसारमा,
माया नभएको भए जिन्दगानीको के नै अर्थ हुन्छ र ।।

रीतिथिति,धर्म र दायित्व निभाउनै पर्ने समाजमा,
घरबारै नचाहनेलाई अर्धाङ्गिनीको के नै अर्थ हुन्छ र ।।

आमालाई मायाकी खानी पुजिने मन-मन्दिरमा,
ममता नभएको भए जननीको के नै अर्थ हुन्छ र ।।

हिसाब-किताब जिन्दगीको जति नै पल्ट गरे पनि,
घाटा-नाफा नहुने भए लगानीको के नै अर्थ हुन्छ र ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *