अविरल जनसाहित्य यात्रा–४९ मा ‘प्रगतिवादी कवि स्नेह सायमीका एक दर्जन कविता वाचन’

भदौ ८ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४९ औँ शृङ्खला बृहत् उपस्थितिमा भव्यरूपमा सम्पन्न गरियो । नेपाली साहित्यका विशिष्ट विद्वान प्रा.राजेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता जनसाहित्यिक मञ्च नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने अतिथिका रूपमा प्राज्ञ एवम् प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेल, प्रा.डा.कृष्णप्रसाद घिमिरे, राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल, डा.नेत्र एटम, वरिष्ठ कविहरू वासुदेव अधिकारी, उमेश उपाध्याय, प्राज्ञ उदय श्रेष्ठ, वरिष्ठ पत्रकार श्याम रिमाल, वरिष्ठ कवि विधान आचार्य, डा.षडानन्द पौडेल, वरिष्ठ कविहरू पुरुषोत्तम सुवेदी, शार्दूल भट्टराई, जनगायक श्याम तमोट, जनगायक रायन, वरिष्ठ साहित्यकार मञ्जुल, प्रगतिशील लेखक सङ्घका महासचिव आर.एम.डङ्गोल, वरिष्ठ साहित्यकार सुलोचना मानन्धर, डा.सरोज धिताल, गोपाल बराल, डा.रजनी ढकाल, देविका तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो ।
उक्त विशेष समारोहको संयोजन डा.विन्दु शर्माले गर्नुभएको थियो भने जनसाहित्यिक मञ्चकी कोषाध्यक्ष यशोदा अधिकारीले समेत सहयोग गर्नुभएको थियो ।
४५ औँ शृङ्खलासम्म नेपाली प्रगतिवादी साहित्यमा साधनारत एक जना वा कहिलेकाहीँ सोभन्दा बढी स्रष्टाका एक दर्जन कविता, गीत, गजल श्रवण गर्ने र ती सिर्जनामाथि टिप्पणीसमेत गर्ने उद्देश्यमूलक विशेष समारोहको आयोजना गर्ने गरिएकोमा ४६ औँ शृङ्खलामा आख्यानका बारेमा परिचर्चा गरियो भने ४७ औँ शृङ्खलामा ‘माक्र्सवादी दर्शन र समकालीन नेपाली संस्कृति’का बारेमा परिचर्चा गरियो । ४८ औँ शृङ्खलामा बालसाहित्यका बारेमा परिचर्चा सम्पन्न गरिएको थियो भने योपटक सिर्जनाका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा समर्पित प्रखर प्रगतिवादी कवि स्नेह सायमीका एक दर्जन कविता सुन्ने यो विशेष समारोहको आयोजना गरिएको छ । निकट भविष्यमै दुइटा संस्था गाभिएर ‘जनसाहित्यक लेखक सङ्घ’को घोषणा हुँदै छ र अब यस एकीकृत संस्थाले यस्ता साहित्यिक गतिविधिलाई थप क्रियाशीलताका साथ अगाडि बढाउने छ भन्ने धारणासहित सभाध्यक्ष राम विनयले प्रमुख अतिथि प्रा.राजेन्द्र सुवेदी, टिप्पणीकार डा.नेत्र एटम र कविनायक स्नेह सायमीलाई मञ्चमा स्वागत गर्नुभयो, खादार्पण गर्नुभयो, माल्यार्पण गर्नुभयो । वाचनसहयोगीका रूपमा प्राज्ञ मातृका पोखरेल, लक्ष्मी माली र अस्मिता माली सायमी उपस्थित हुनुहुन्थ्यो ।
समारोहमा कविनायक स्नेह सायमीले विगत चार वर्षदेखि अविच्छिन्नरूपमा सामाजिक रूपान्तरणका पक्षमा साहित्यिक गतिविधि गरिरहेको जनसाहित्यिक मञ्चको आजको यो विशेष समारोहमा मेरा आफ्ना कविता वाचन गर्ने अवसर दिनुभएकोमा मञ्चलाई हार्दिक धन्यवाद दिन्छु । यो विशेष समारोहमा सामाजिक रूपान्तरणका लागि साहित्यलाई विषयवस्तु बनाएर निरङ्कुश कालखण्डदेखि पछिल्लो समयसम्म सिर्जना गरिएका मेरा एक दर्जन कविता प्रस्तुत हुने छन् भन्नु हुँदै सातओटा शक्तिशाली कविता वाचन गर्नुभयो भने कवि प्राज्ञ मातृका पोखरेलले कवि वासुदेव अधिकारीले सञ्चालन गर्नुहुने साहित्य सन्ध्या र कवि स्नेह सायमीले सञ्चालन गर्नुहुने प्रतिभा प्रवाह जस्ता त्यो निरङ्कुश समयका जनस्तरका सक्रिय संस्थाहरूमा कविता सुनाएर आपूm कवि बनेको स्मरण गर्नुहुँदै स्नेह सायमीको एउटा कविता वाचन गर्नुभयो । त्यसैगरी लक्ष्मी मालीले दुईटा र अस्मिता माली सायमीले दुइटा त्यस्तै शक्तिशाली कविता वाचन गर्नुभयो ।
वाचित कवितामाथि टिप्पणी गर्नुहुँदै डा.नेत्र एटमले आफ्नो सिङ्गो जीवन नेपाली प्रगतिवादी साहित्यको सिर्जना र रूपान्तरण अभियानमा समर्पित गरेका प्रखर प्रगतिवादी कवि स्नेह सायमीका कविता हेर्दा निकै सरल लाग्छन् तर भित्र पस्दा भने निकै गहन, रहस्यमयी छन् तर पनि सम्प्रेषणीय छन् । कविताले तत्कालीनदेखि अहिलेसम्मको समसामयिक नेपाली समाजको यथार्थ चित्रण गरेका छन् र सबै खाले विकृति–विसङ्गतिमा रूपान्तरणको अपेक्षा राखेका छन् भन्नेसमेतको विस्तृत धारणा राख्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.राजेन्द्र सुवेदीले आजको यो विशेष समारोह निकै नै महत्त्वपूर्ण र गुणस्तरीय रहेको छ । कोरालाई कलममा ढाल्नु कवितासिर्जना हो । समसामयिक विषयवस्तुलाई गम्भीरताका साथ प्रस्तुत गरिएका र रूपान्तरणको सन्देश समप्रेषण गरिएका गहन कविता सुन्न पाइयो । यो विशेष समारोहमा फाटेका मन जोड्ने पूmलका कविता प्रस्तुत भएका छन् र सम्पूर्ण कविता समाजोपयोगी रहेका छन् । कविले समाजहितमा विचारलाई कवितामा मिसाएर सम्प्रेषण गर्ने कार्य गरेका छन् । यसर्थ पनि आजको कविताश्रवण सान्दर्भिक बनेको छ भन्नुभयो ।
सञ्चालक डा.विन्दु शर्माले आजको यो महत्त्वपूर्ण र विशिष्ट समारोहमा हाम्रो निम्ता स्वीकार गरी आइदिनुहुने प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू तथा सम्पूर्ण मान्यजनमा हार्दिक आभार व्यक्त गर्दै स्वागत गर्नुभएको थियो । सभाध्यक्ष राम विनयले पुनः उपस्थित सम्पूर्ण अग्रज एवम् विद्वान व्यक्तित्वमा हार्दिक आभार व्यक्त गर्दै अर्काे शृङ्खलामा यहाँहरूलाई असोजको दोस्रो शुक्रवार फेरि कुनै यस्तै विशेष समारोहमा सहभागी भइदिन आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।
समाचार स्रोत ः राम विनय

Leave a Reply

Your email address will not be published. Required fields are marked *