‘ईश्वरको खेती’ विमोचन

काठमाडौं, २०७१ जेठ २८
–वसन्तराज अज्ञात

कवि जीवित खड्का मगरको दोस्रो कविता कृति ‘ईश्वरको खेती’ राजधानीमा आयोजित विशेष कार्यक्रमका बीच विमोचन गरियो ।

image नेपाली वाङमय परिषद्द्वारा आयोजना परिषद्का अध्यक्ष साहित्यकार शशी लुमुम्बूको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि कलाकार तथा संस्कृतिकर्मी नारदमणि हार्तम्छाली हुनुहुन्थ्यो । कृति विमोचन गर्दै हार्तमछालीले कृतिभित्रको एउटा शीर्र्षकलाई नै कृतिको नाम राख्दा अरू राम्रा कविता रचना ओझेलमा पर्न सक्ने बताउनुभयो । यस्तो कुरामा सर्जकहरू सजग रहनुपर्ने बताउनु भयो ।

अतिथिहरू कवि मोमिला र कवि श्रवण मुकारूङले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । कवि शशी लुमुम्बूले ‘ईश्वरको खेती’ कवितासङ्ग्रहका कविताहरूले सबैको मनमस्तिष्कलाई छुने बताउनुभयो ।

कवि जीवितले आफूलाई यहाँसम्म आइपुग्न सघाउने सबैसबैमा धन्यवाद दिनुभयो भने साहित्यकार–कलाकार चन्द्र रानोहोंछाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

काठमाडौं उपत्यकाव्यापी कमर्सियल आर्ट प्रतियोगितामा द्वितीय तथा जनविकास युवा सम्मान गुल्मीद्वारा सम्मानित कवि जीवित खड्का मगर राम्रा चित्र कलाकार पनि हुनुहुन्छ ।

कवि जीवित खड्का मगर धेरैलाई नयाँ नाम लागे पनि साहित्यमा उहाँको आगमन पचासको दशकदेखिकै हो । वि.सं. २०३५ असोज २४ गते बलिथुम, गुल्मीमा जन्मिनु भएका जीवित खड्का मगरकोे यसअघि पनि ‘अनुभूतिका चर्चाहरू’ (कवितासङ्ग्रह, २०६०) प्रकाशित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *