अभियान साहित्य पुरस्कार श्यामप्रसाद शर्मालाई

image

प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्मालाई २०७० सालको अभियान साहित्य पुरस्कार प्रदान गरिने भएको छ । अभियान साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा २०७१।०२।१४ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । अभियान पुरस्कारद्वारा सम्मानित साहित्यकारका बारेमा पुस्तिका तयार गर्ने जिम्मा प्रतिष्ठानका कोषाध्यक्ष धीरकुमार श्रेष्ठ र सदस्यहरू छायादत्त न्यौपाने एवम् तेजविलास अधिकारीलाई तोकएको छ । कलासाहित्यमा बढ्दो प्रदूषण र निष्ठाको किनबेचबाट आहत नेपाली साहित्यको वर्तमानलाई प्रदूषणरहित, निष्ठापूर्ण, नैतिक र सामाजिक उत्तरदायित्वयुक्त भविष्य प्रदान गर्ने उद्देश्यबाट अभिप्रेरित भएर यस
पुरस्कारको स्थापना गरिएको हो । पुरस्कार पाउनकै लागि लेख्ने, स्तुतिगान गर्ने, धनाढ्यको पछिपछि लाममा उभिने र आत्मा बेच्ने तथाकथित साहित्यकारद्वारा फैलाइएको साहित्यिक प्रदूषणका विरुद्धमा लक्षित यो पुरस्कार पहिलो पटक कवि दुर्गालाल श्रेष्ठलाई २०५८ सालमा प्रदान गरिएको थियो ।

त्यसै गरी यस पुरस्कारले २०६० सालमा साहित्यकार शान्तदास मानन्धर, २०६३ सालमा आख्यानकार खगेन्द्र सङ्ग्राौला र २०६७ सालमा साहित्यकार आनन्ददेव भट्टलाई सम्मान गरिएको थियो । प्रत्येक दुईदुई वर्र्षमा प्रदान गरिने यस पुरस्कारको राशी रु. १।– सहित सम्मानपत्रका रुपमा ताम्रपत्र रहने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *