उर्वर साहित्य समाजको १७औं श्रृंखला सम्पन्न

मितिः २०७० । ०१ । २१
काठमाण्डौ

त्रिपुरेश्वरको लोकबाजा संग्रहालयमा आज उर्वर साहित्य समाजको १७औं श्रृंखला सम्पन्न । हरेक महिनाको तेस्रो शनिवार श्रृजना र श्रष्टाको सम्मानमा हुँदै आएको यो श्रृंखला आज समाजका अध्यक्ष पारस ढकालको अध्यक्षतामा सम्पन्न भयो । मिनराज दुवालको संचालनमा भएको उक्त कार्यक्रममा अतिथिहरुमा क्रमशः राम प्रसाद कँडेल, शैलेन्द्र साकार, शितल गिरी र बैरागी जेठा रहनुभएको थियो ।

 

होमनाथ योगीद्वारा नेपाली लोकबाजा सारङ्गी रेटेर लोकधुन र लोकगीत गाएर सभा सुरु भएको थियो भने उनले पछि मुर्चुङ्गाको सुमधुर धुन पनि बजाएका थिए । कार्यक्रममा बालकवि गुरूदत्त कँडेलले संस्कृतको श्लोक बाचन गरेर अझ रोमाञ्चक बनाएका थिए । उक्त कार्यक्रममा शितल गिरीले नेपालका प्रथम बासिन्दा भन्दै बिक्रमको ५००० वर्ष पहिलेनै अस्तित्वमा रहेका तिब्बति मुलका भेँडापालको प्रसङ्ग उल्लेख गर्नुभयो । गोपाल नेपालको कथा – ख्रिष्ट पुराणले कार्यक्रममा गजबको हाँस्य रस प्रदान गर्यो ।

 

उक्त कार्यक्रममा सर्जकहरु बैरागी जेठा, शैलेन्द्र साकार, ग्यान्ता श्रेष्ठ, नारायण भण्डारी, निर्भिक राइ, देवी लुइटेल, प्रभाकर पाण्डे, राम प्रसाद कँडेल, जि.बि. आचार्य, मिनराज दुवाल, प्रशान्त खरेल, इन्द्रजित चौंलागाई, गोपाल मैनाली, जे.के. एन् खडेरी, र पारश ढकाल लगायतले आ–आफ्ना रचना बाचन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष ढकालले कार्क्रममा उपस्थित सबैले दिएको माया प्रति आभार समाज एक साझा फुलबारी भएको र यसमा सबैलाइ आफ्नो सुवास छर्न स्वागत छ भन्दै सभा बिसर्जन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *