मितिः २०७०।४।१२
सर्जक समूहको आयोजनामा आज साउन १२ गते शनिवार अपराह्न ५ बजे वाल्मीकि क्याम्पसको सभाकक्षमा एकै परिवारका चार स्रष्टाको कविता संग्रह कविता कोलाज लोकार्पण समारोह सम्पन्न गरियो । लिलाराज पौडेलको संचालन तथा नारायण प्रसाद शर्मा को अध्यक्षता रहेको उक्त कार्यक्रममा डा. नवराज न्यौपाने, प्रा. भागवत आचार्य तथा महादेव सयपत्रि अतिथिकोरूपमा उपस्थित हुनुहुन्थ्यो । तिनैजना अतिथिहरूले संग्रहको संयुक्त बिमोचन गर्नुभएको थियो ।
स्रस्टाहरू कृष्ण, अराजक अर्चु, अचा सानी, उमेश चापागाइले संयुक्तरूपमा लेखेको कविताहरूमा प्रत्येकले ११ वटा गरि जम्मा ४४ वटा कविताहरू उक्तसंग्रहमा रहेको कुरा डा. नवराज न्यौपाने बताउनुभयो साथै उक्त संग्रह सबल कविताहरूको संग्रह रहेको कुरा बताउनुभयो । समिक्षक भागवत चार्यले संग्रहको समिक्षा गर्दै कविताको भाव अत्यन्त तिब्ररूपमा भाषिक शसक्तताकासाथ आएको तथा भावलाइ चेतनामा बाँध्न सर्जकहरू सफल रहेका छन् भन्नुभयो ।
स्रष्टा उमेशले उक्त संग्रहबाट २ वटा कविता बाचन गर्नुभयो भने कृष्णले १, अचा सानीले २ तथा अराजक अर्चुले १ कविता वाचन गरेर सुनाउनुभएको थियो । सर्जक अराजक अर्चु (तिर्थ चापागाइ)ले अचाजक अर्चु भर्चुवल संसारमा जन्मिएकी अराजक पात्र हुन् र यस संग्रहभित्र तिर्थका नभएर अराजक अर्चुकै कविताहरू संग्रहित रहेका कुरा बताउनु भयो । उक्त कार्यक्रमका सभाध्यक्ष तथा कविता कोलाजका प्रकाशक नारायणले सर्जकका रचनाहरू अझै प्रगतिशिल हुँदै जाउन भन्ने कामना गर्नु हुँदै सभा बिसृजन गर्नु भयो ।