२०६८ । ११ । १९, काठमाण्डु
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा प्रज्ञा भवनमा आज आयोजित युद्धप्रसाद मिश्र २२ औं स्मृति दिवश तथा पुरस्कार अर्पण समारोहमा वरिष्ठ कवि तथा साहित्यकार पुर्णविरामलाइ युद्धप्रसाद मिश्र साहित्य सम्मान तथा पुरस्कार अर्पण गरियो । जनार्दन न्यौपाने (बिरू)को द्वारा संचालित उक्त कार्क्रमको अध्यक्षता प्रतिष्ठानकै अध्यक्ष बाशुदेव अधिकारीले गर्नु भएको थियो । उक्त कार्क्रममा प्रमुख अतिथि समाजशास्त्रि तथा राजनितिशास्त्रि घनश्याम भुसाल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा प्रा.डा. रामभरोस, प्राज्ञ बुँद राना, डा. महादेव अवस्थि, विष्णु प्रधान, डा. जिवेन्द्रदेव गिरी, साहित्य सन्ध्याका अध्यक्ष राम विनय हुनुहुन्थ्यो ।
घनश्याम भुषालद्वारा कवि युद्धप्रसाद मिश्रको तस्विरमा माल्यार्पण गर्दै सुरू गरिएको कार्क्रममा प्रतिष्ठानका सल्लाहाकार डा. जिवेन्द्रदेव गिरीले युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान तथा कवि पुर्णविरामका वारेमा चर्चा गर्नु भएको थियो । डा. गिरीका अनुसार कवि पुर्णविरामले साहित्य सन्ध्यामा निरन्तर उपस्थित भएर नयाँ पुस्तालाइ प्रेरणा दिँदै मिश्रकै विचारमा निरन्तर अघि बढिरहेको जानकारि दिनु भयो । कुरिति, कुसंस्कार र भ्रष्टचारसँग संघर्ष गरेका मिश्रले कमाउने ठाउँ (भन्सार तथा वनजाँच) मा हुँदा पनि भ्रष्टचारसँग लडेको र निरन्तर आन्दोलनमा सरिक हुने गरेको जानकारी पनि दिनु भयो ।
प्रतिष्ठानका उपाध्यक्ष मोहन दुवालले कवि पुर्णविरामले शसस्त्र द्वन्दकाल तथा ०६२–०६३ को आन्दोलनमा दुख पाएको बताउँदै २०६०।५।१२ मा पुर्णविरामलाइ घरमै सैनिकहरू आएर लगेको बेलामा उनको रिहाइको लागि जोडदार माग गर्दै दुवालद्वारा लिखित तथा २०६०।५।१९ मा प्रकाशन भएको लेख वाचन गरेर सुनाउनु भयो । समाजशास्त्रि तथा राजनितिशास्त्रि घनश्याम भुषालले कवि पुर्णविरामलाइ युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको तर्फबाट १७ औं सम्मानका रूपमा दोसल्ला, सम्मान पत्र तथा पुरस्कार रकम रू. १०,००० प्रदान गर्दै कवि पुर्णविराम महान चिन्तक ग्राम्सिले भने जस्तै अर्ग्यानिक इन्टेलेक्चुअल भएको बताउनु भयो । उक्त अवसरमा सम्मानित स्रष्टा कवि पुर्णविरामले आफ्नो चर्चित कविता मल्लको झ्यालबाट देखिन्छ एउटा दरबार वाचन गरेर सुनाउनु भएको थियो ।