वलराम राइ, काठमाण्डु
बरिष्ठ कवि पूर्ण विरामको खुर्सानी बारीमा कविता भिडियो सङ्ग्रह पिपुल्स क्रियसनको दोस्रो प्रस्तुतिको रुममा २०६९।०२।२६ गते शुक्रवारका दिन नेपाली लोकबाजा सङ्ग्रहालय त्रिपुरेश्वरमा प्रमुख अतिथि वेपत्ता परिवारका सदस्य चन्द्र बहादुर दुलालले लोकार्पण गर्नुभयो ।
लोक श्रष्टा प्रेम देव गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कवि पूर्ण विरामका बुसेफेलसको चरित्र बोकेको हावा बोलिरहन्छ, फलामको खानीबाट, सूर्यका किरणहरु साक्षी छन्, श्रद्धाको म्याद, मुकुण्डोकै बजारमा , अनौठो छ यो नयाँ बर्ष , यो समय हाम्रो लागि घातक छ , चन्द्रमानको चित्रहरु ,यहाँ उघ्रेको आकाश, जान्न यो शहर छोडेर र खुर्सानी बारीमा गरी जम्म ११ वटा कविताका भिडियोहरु प्रदर्शन गरियो ।
कार्यक्रममा पिपुल्स क्रियसनको तर्फबाट ओम भण्डारी र यी कविताहरु छनोट गरी सहयोग पु¥याउनु हुने बाल साहित्यकार नन्दा शर्माले मन्तव्य राख्नुभयो । यी कविताहरुको छायाङ्कन योगी होमनाथले गर्नुभएको छ । यी कविताहरु www.youtube.comमा पनि चाडै नै हेर्न सकिने कुरा पिपुल्स क्रियसनले जानकारी दिएको छ ।