कुलेश्वोर आवास परिवारले राष्ट्रिय एकता दिबस मनायो

कुलेश्वोर आवास परिवार कल्याण संस्था,साहित्य कला संस्कृति समाजको आयोजनामा पुस २८,२०७४मा संस्थाको हलमा राष्ट्रिय एकता दिबस र २९६औ पृथ्वीनारायण जयन्तीमा सो सम्बन्धि चर्चा र कवि गोष्ठीको आयोजना गरि मनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि प्रा दिनेश राज पन्तले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको महत्वोपुर्ण योगदानको बारेमा चर्चा गर्नु भयो।

करिब२१ जना कबिहरुले कविता बाचन गरेको कविताको समिक्षा र एकता दिबसको बारेमा प्रा जगत प्रेक्षितले आफ्नो बिचार राख्नु भएको थियो।

समाजका संयोजक राम बिनयको स्वागत मन्तव्य बाट सुरु बएको कार्यक्रममा प्रमुख अतिथि दिनेश राज पन्तले गमलाको बिरुवामा जल सिंचन गरि उदघाट्न गर्दै पृथ्वीनारायणको तस्बिरमा मार्ल्यापन गर्नु भयो।संस्थाका अध्यक्ष लोकनाथ पोखरेलको अध्यक्षतामा संचालित कार्यक्रममा राष्ट्रीयगान बाट कार्यक्रम अगाडी बढाउदै कार्यक्रम संचालक सल्लाहकार बुद्धिमान ढुंगानाले कविता पाठको लागि कबिहरुलाई अनुरोध गर्नु भयो।कविता पाठ अधि कबिहरुको परिचय सहित समाजका संयोजकले खादा ओढाएर सम्मान गरेको थियो।

कुलेस्वर र कुलेस्वर बाहिरका कबिहरुको उपस्तिथिले एकता दिवसको गरिमा बढाएको सहभागीहरुले प्रतिक्रिया ब्यक्त गरेको सुनिएको थियो। कबिहरुमा नीलहरी सुवेदी,ई मदन श्रेष्ठ ,डा पुरुषोत्तम भुषाल,प्रमोद स्नेही,गोपाल नेपाल, श्याम सापकोटा ,रमेश गौतम पाल्पाली,बैरागी जेठा,बिजय राज भट्टराई ,मथुरा सैजु लगायत हुनु हुन्थ्यो।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *