मितिः २०६८।११।०८
काठमाण्डु
धार्मिक तथा साँस्कृतिक महत्व बोकेको महाशिवरात्री पर्व आज देशभर मनाइदैछ । देशभरका शिवमन्दिरहरूमा दर्शनार्थिहरूको घुँइचो लागेको छ । आज पशुपति मन्दिर र अन्य शिव मन्दिरमा ठूलो मेला लागेको छ । शिवरात्रिको अवसरमा महादेवलाई रातको प्रथम प्रहरमा गाईको दूध दोस्रो प्रहरमा दही तेस्रो प्रहरमा घिउ र चौथो प्रहरमा मह र बिहान पानीले स्नान गराई बेल र बेलपत्र चढाउनेपरम्परा छ । वेलुका विशेष गरेर दाउराको धुनि जगाउने चलन रहेको छ । देश विदेशवाट आएका दर्शनार्थिहरूको घुँइचो लागेको छ पशुपतिनाथ क्षेत्रमा । विशेष गरेर भारतबाट आएका सन्यासी, जोगी तथा साधुहरू तथा दर्शनार्थिहरूको उल्लेख्य उपस्थिति रहेको छ भने स्थानिय दर्शनार्थिहरूको ठुलो समुन्द्रनै देखिन्छ । बाटाबाटामा डोरीले बाटो छेकेर पैसा माग्ने केटाकेटीहरूको संख्या प्रशस्त देखिन्छ भने पशुपति क्षेत्रपरिसरभित्र अखण्ड भजन किर्तनले गुञ्जायमान भएको छ । निकै ठुलो संख्यामा नरनारीहरूको लर्को आवत–जावत गरेकाले चावाहिल देखि एयरपोर्ट सम्मनको सवारी आवागमन ठप्प भएको छ । विहानै देखि लामो लाइन लागेको दर्शनार्थिहरूको । नेपाल प्रहरी तथा अन्य स्वमसेवकहरूलाइ भिँड व्यवस्थापन गर्न निकै समस्या परेको छ । वाग्मती पारिको क्षेत्रमा गाँजाको गन्ध भरिएको छ भने खुलम्खुल्ला रू ५ देखि रू ५०० सम्म गाँजा, भाङ्गका लड्डु, चिलिम तथा गाँजा मिसाइएका चुरोटहरू विक्रिवितरण भैरहेका छन् । विदेशी नागरिक पनि यो रमाइलो लाइ हेर्न र अध्ययन गर्न व्यस्त देखिन्छन ।