रमेश पोखरेल
काठमाण्डु
जन साहित्यिक मञ्च, नेपालको धनकुटा जिल्ला तदर्थ समिति मञ्चका अध्यक्ष डा.जीवेन्द्र देव गिरीको उपस्थितिमा हालै गठन गरियो । सो समितिमा अध्यक्ष रमेश चन्द्र अधिकारी, सचिव कोपिला काफ्ले र कोषाध्यक्ष टीका मगर तथा सदस्य द्वय देवकला कार्की र यादव तिम्सिना रहनु भएको छ । समिति गठनको अवसरमा मञ्चका केन्द्रीय सदस्य मुकुन्द प्रयास र राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, धनकुटाका अध्यक्ष लोकेन्द्र खड्काको पनि उपस्थिति रहेको थियो ।