रमेश पोखरेल, काठमाण्डु
असोज ७ गते शनिबार बिहान ७.३० बजे सहयोगीनगर शान्तिबाटिकामा ‘सहयोगीनगर विकास समाज’ तथा ‘सहयोगी युवा क्लब’को संयुक्त आयोजनामा नेपाली मात्रका नजिकिएका चाडबाडहरू दसैँ, तिहार, नेपाल सम्वत्, छठ, इदलगायतको सुखद उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने विशेष समारोहको आयोजना गरियो ।
सहयोगीनगर विकास समाजका अध्यक्ष धनपति सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि टोलवासी पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपाल हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरू टोलवासी एवम् पूर्वमन्त्री शंकर पोखरेल र टोलवासी एवम् पूर्व कानुन मन्त्री अग्नि खरेल उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा टोल सुधार समितिका अध्यक्षहरू शिव भट्टराई, इन्दु सापकोटा, डाकबहादुर कार्की, सरोज उपाध्याय हुनुहुन्थ्यो भने समाजसेवीहरू जीवनकुमार कटुवाल, शिवप्रसाद ढकाल, इन्द्रराज गिरी, स्वामी निर्मल खतिवडा, त्रिविक्रम कर्माचार्य, कृष्णमुरारी कोइराला, हरि गौतम, विदुर ढुङ्गाना, कृष्णबहादुर के.सी.लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी टोलवासी एवम् एमाले महिला नेत्री सुजिता शाक्य, माननीय न्यायाधिस कविप्रसाद न्यौपाने, अधिवक्ता सानुराज पोखरेल, पूर्व सचिव सुरेशप्रकाश आचार्य, पूर्व जर्नेल श्यामबहादुर थापा, प्रशासक कृष्णबहादुर कटवाल, पत्रकारहरू जुनार बस्नेत, राजेन्द्र फुयाल, विना सिन्हा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी साहित्यकारहरू रमेश पोखरेल, शान्तिकृष्ण अधिकारी, नारायण भट्टराई अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
सयौँको सङ्ख्यामा उपस्थित टोलवासी आदरणीय मान्यजनलाई सहयोगी युवा क्लबका अध्यक्ष बैजुहरि भट्टराईले शब्दस्वागत गर्नुभएको थियो भने रमेश पोखरेल र खगेश्वर गौतमले कवितात्मक शुभकामना व्यक्त गर्नुभएको थियो । नारायण दाहालले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहको सुरुमै २०६३ सालदेखि टोलवासीका बिचमा परिचय आदानप्रदान गर्ने, एकै ठाउँमा भेला भएर हाम्रा संस्कृति बनेका, सांस्कृतिक एकताका सेतु बनेका चाडबाडका उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने विशेष समारोह आयोजना गर्ने गरिएको जानकारी दिनुभएको थियो ।
समारोहमा शुभकामना व्यक्त गर्नुहुने शिव भट्टराई, कविप्रसाद न्यौपाने, राजेन्द्र फुयाल, सुजिता शाक्य, सुरेशप्रकाश आचार्य, स्वामी निर्मल खतिवडा, त्रिविक्रम कर्माचार्य, हरि गौतम, विना सिन्हा, कृष्णबहादुर के.सी., जुनार बस्नेतले शान्ति तथा समृद्धिको कामना गर्नुभएको थियो, नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँनुभएको थियो, वातावरणको संरक्षण तथा आजको आवश्यकता बनिसकेको बालउद्यानका विषयमा सोच्नुपर्ने र यो मातृशक्तिको सम्मान गर्ने पावन पर्व तथा आउने पर्वहरूले सकारात्मक सोचको विकास होस्, हाम्रा आवश्यकता पूर्ति गर्ने कार्यमा आफैँ अग्रसर हुने बानीको विकास होस् भन्ने कामना गर्नुभएको थियो ।
पूर्वमन्त्री अग्नि खरेलले नेपाली जनताको आकाङ्क्षानुसार निर्माण भएको संविधानको कार्यान्वयन केही हदसम्म भएको छ र अबका निर्वाचनका माध्यमबाट पूर्ण कार्यान्वयन गराउने दिशामा सकारात्मक सोचको विकास होस् भन्नुभयो भने अर्का पूर्वमन्त्री शंकर पोखरेलले मुलुकको समृद्धि कसरी गर्नसकिन्छ र नागरिकको तहबाट के–कस्तो योगदान गर्नसकिन्छ भन्ने चिन्तनपद्धतिको विकास होस्; पहिले संविधान निर्माण नै गर्ननदिने, निर्माण भएपछि कार्यान्वयन गर्ननदिने जस्ताखाले नाङ्गा हस्तक्षेप भइरहेको थियो तापनि स्थानीय तहको तीन चरणको निर्वाचनका माध्यमबाट त्यो दुर्घटना टरेको छ र यसैगरी आगामी निर्वाचन सम्पन्न गर्न दबाब दिने चेतना हामी सबैमा यी चाडबाडका माध्यमबाट अभिवृद्धि होस् भन्ने कामना गर्नुभयो ।
प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हाम्रो समाजका क्रियाशील यी समितिहरूले हरेक वर्ष प्रेम र सद्भाव कायम गर्ने दिशामा उल्लेख्य भूमिका निर्वाह गरेका, समाजका निकाय सक्रिय भए भने राज्यलाई घच्घच्याउन पनि सजिलो हुने उदाहरण प्रस्तुत गरेका, रङ्गीविरङ्गी पूmल फुले जस्तो हाम्रो समाजका हामी सबैले मनाउने चाडबाडहरू क्रमशः आइरहेका छन् र यिनका माध्यमबाट समग्र मुलुकको समृद्धि होस्, स्थानीय निकायको निर्वाचन सम्पन्न भएको छ र प्राप्त हुने साधन र स्रोतको सदुपयोग भए समाजको विकास हुन्छ भन्ने चेतना अभिवृद्धि होस्, आवश्यकताका क्षेत्रहरू पहिचान गर्ने र समस्या सानो हुँदैमा त्यसको निराकरण गरिहाल्ने हो भने ठुलो खर्चविनै समाजको विकास गर्नसकिन्छ भन्ने चेतनाको विकास होस्, देशको स्वाभिमानको रक्षा गर्दै आर्थिक विकास गर्नका लागि दूरदृष्टि राखेर भविष्यसम्मका योजना बनाउने चेतनाको विकास होस्, समाजलाई एकताबद्ध पार्ने यस्ता समितिहरू सक्रिय भइरहुन् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
सभाध्यक्ष धनपति सापकोटाले सामाजिक सद्भावको उद्देश्य राखेर आयोजना गर्ने गरिएको शुभकामना आदानप्रदानको यो निरन्तरता हो । समाजको दीर्घकालीन विकास गर्ने हो भने हामी आपूm बसेको समाजको सक्रियता आवश्यक छ, त्यसका लागि टोलवासीको एकता आवश्यक छ, एकअर्काका बिच परिचय आवश्यक छ भन्ने मान्यताका साथ आयोजना गरिएको यो कार्यक्रममा निमन्त्रणा स्वीकार गरी आइदिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, टोलवासीहरूमा हार्दिक हार्दिक धन्यवाद अर्पण गर्दछु, आभार व्यक्त गर्दछु र सबै चाडबाडको शुभकामना अर्पण गर्दछु भन्नुभयो ।