जनप्रगतिशिल मञ्चको अधिवेशनका लागि दुइ दिने अस्टेलिया भ्रमणमा आएका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसंग समसामयिक बिषयबस्तुमा अन्तर्कृया गर्ने अभिप्रायले सिडनीमा आयोजना गरिएको रात्री भोजका अबसरमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले राष्ट्र संघका बर्तमान महासचिब बान्की मूनको कार्यकाल अझै केही बर्ष बाँकी भए तापनि लुम्बिनीको बिकासलाई उच्च प्राथमिकता दिने उहाँ जस्तो बुद्धिस्ट राष्ट्र संघका महासचिबकै कार्यकालमा लुम्बिनीको बिकास कार्यलाई तिब्रताका साथ अगाडि बढाउन वृहत लुम्बिनी विकासको अन्तराष्ट्रिय समितिको संयोजकमा बस्न राजी हुनु भएका मूनको संयोजकत्वमा अन्तराष्ट्रिय समिति गठन कार्यलाई शिघ्रातिशिघ्र अगाडि बढाएर लुम्बिनीको बहुप्रतिक्षित बिकासलाई छिटोभन्दा छिटो सार्थक रुप दिंदै नेपालको बिकास र बिस्व शान्तिलाई उत्प्रेरित गर्ने कार्यलाई अगाडि बढाइयोस भन्ने आग्रह सहितको पत्र अभियानका तर्फबाट डा भट्टराईलाई हस्तान्तरण गर्नु भएको छ । डा भट्टराईकै कार्यकालमा मन्त्री परिषदको निर्णयबाट वृहत लुम्बिनी विकास निर्देशक समिति गठन गरिएको स्मरण गर्दै सो समितिका अध्यक्ष पुष्प कमल दाहाल प्रचन्डका नाममा लेखिएको अनुरोधात्मक पत्र डा भट्टराईलाई हस्तान्तरण गरिएको हो जस्को पूर्ण विवरण यस प्रकार छ:
सम्माननीय पुष्पकमल दाहाल प्रचन्डज्यू,
पूर्व प्रधानमंत्री एबं संयोजक – वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति
काठमाण्डौ, नेपाल ।
मार्फत सम्माननीय डा बाबुराम भट्टराईज्यू,
पूर्व प्रधानमन्त्री
कार्यक्रमको सिलसिलामा हाल सिड्नी, अस्ट्रेलिया ।
बिषय: वृहतलुम्बिनीविकासनिर्देशकसमितिकोअन्तरराष्ट्रियसमिति
सम्माननीय पुष्पकमल दाहाल प्रचन्डज्यू,
मन्त्रिपरिषद्को बैठक मार्फत सरकारले लुम्बिनीको ऐतिहासिक महत्वबारे जानकारी दिन, पयर्टक भित्र्याउन र लुम्बिनीको विकासकालागि अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष मनाउने निर्णय गरी बैठकले रुपन्देही,कपिलबस्तु र नवलरासी जिल्लालाई समेटेर लुम्बिनीको वृहत विकासका लागि यहाँको संयोजकत्वमा वृहत लुम्बिनी विकास राष्ट्रियनिर्देशक समिति गठनपस्चात यहाँकै नेतृत्वमा गएको नेपाली प्रतिनिधि मण्डलको प्रस्तावमा वृहत लुम्बिनी विकासको अन्तराष्ट्रिय समितिको संयोजकमा संयुक्त राष्ट्र संघका महासचिब वान की मून बस्न सहमत जस्ता सु-समाचारहरुले गर्दा बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले शुरु गरिएको यो अभियानले आफ्ना उद्धेस्य प्राप्ती धेरै सहज हुन सक्ने महसूस गरेको जानकारी यहाँकै प्रमुख आतिथ्यमा आयोजित नेपालमा तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा गराएको स्मरण गराउन चाहन्छु ।
लुम्बिनीको प्रश्न नेपालको प्रश्न मात्रैमा सीमित नभएर विस्वभरी छरिएर रहेका झन्डै पचास करोड बुद्धिस्टहरुको आस्थाको केन्द्र पनि भएको कारण बिस्वब्यापी महत्वको बिषय पनि हो । सन १९९७ मा युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचीमा पारेको छ र हालसम्म राष्ट्र संघका धेरै महासचिबहरुले लुम्बिनीको भ्रमण पनि गरिसक्नु भएको छ । बुद्धका सन्देशहरु ब्यक्तिगत खुशी र सुखीदेखि विस्व शान्तिसम्मका लागि अत्यन्तै महत्वपूर्ण भएकाले वुद्ध बिस्व शान्तिका प्रतिक र प्रेरणाका श्रोत पनि हुनु भएकोले १९९८ मा भएको बिस्व बुद्धिस्ट भेलाले लुम्बिनीलाई “Fountain of World Peace” भनी घोषणा गरे ।
यसैले बिभिन्न देशका ब्यक्ति, संस्थाहरु र संयुक्त राष्ट्र संघका केही महासचिबहरु समेत लुम्बिनीको बिकासमा सहभागी हुन लालायित देखिन्छन । प्रो योङ हून क्वाकद्धारा “Fountain of World Peace” कै अबधारणानुरुप तयार पारिदै गरिएको नयाँ गुरु योजना समेत तयार भैसकेको छ । राष्ट्र संघका बर्तमान महासचिब बान्की मूनको कार्यकाल अझै केही बर्ष बाँकी भए तापनि लुम्बिनीको बिकासलाई उच्च प्राथमिकता दिने उहाँ जस्तो बुद्धिस्ट राष्ट्र संघका महासचिबकै कार्यकालमा लुम्बिनीको बिकास कार्यलाई तिब्रताका साथ अगाडि बढाउन वृहत लुम्बिनी विकासको अन्तराष्ट्रिय समितिको संयोजकमा बस्न राजी हुनु भएको मूनको संयोजकत्वमा अन्तराष्ट्रिय समिति गठन कार्यलाई शिघ्रातिशिघ्र अगाडि बढाएर लुम्बिनीको बहुप्रतिक्षित बिकासलाई छिटोभन्दा छिटो सार्थक रुप दिंदै नेपालको बिकास र बिस्व शान्तिलाई उत्प्रेरित गर्ने कार्यलाई अगाडि बढाइयोस भन्ने आग्रह अभियानका तर्फबाट गर्न चाहन्छु ।
रामकुमार श्रेष्ठ
बिस्व संयोजक,
लुम्बिनी-कपिलवस्तु दिवस अभियान
जनप्रगतिशिल मञ्चको अधिवेशनका लागि दुइ दिने अस्टेलिया भ्रमणमा आएका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले शनिवार सिड्नीबाट शुरु भएको रेडियो जनादेशको उद्घाटन कार्यक्रममा नेपालबाट अस्ट्रेलिया आइ आफ्नो ज्ञान, बुद्धि, बिबेक र पेशाले नेपाल र नेपालीको शिर उचो राख्न बिभिन्न किसिमबाट भूमिका निर्बाह गर्ने बिभिन्न ब्यक्तिहरुको उच्च मूल्यांकन गर्दै रेडियो जनादेशको शुभारंम्भको अबसरमा लुम्बिनी- कपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिका सल्लाहकार एबं अस्ट्रेलियाको न्यू साउथ वेल्सका अबैतनिक महाबाणिज्य दूत महामहिम दिपक खडका, लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ, अस्ट्रेलियाको भिक्टोरियाका अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जन, अस्ट्रेलियाकै धनीको सूचिमा पर्न सफल ब्यबसायी शेष घले लगायतका ब्यक्तिहरुलाई सम्मान पनि गर्नु भएको थियो ।