प्रज्ञाका निवर्तमान उपकुलपति उप्रेतीलाई मातृशोक

नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति गङ्गाप्रसाद उप्रेतीकी ९१ वर्षीया आमा सरस्वता उप्रेतीको निधन भएको छ । अपरान्ह १ बजे पशुपति आर्यघाटमा दिवङ्गत सरस्वताको अन्तिम संस्कार गरिने जानकारी उहाँका जेष्ठ सुपुत्र गङ्गाप्रसाद उप्रेतीले जानकारी दिनु भएको छ ।

मुटुको समस्याले ग्रस्त सरस्वताको बिगत सातादेखि गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचार भैरहेको थियो । उपचारकै क्रममा आज बिहान ८ बजे निधन भएको हो । ९१ वर्ष अघि आठराराईमा जन्मिनु भएकी सरस्वताका ७ भाइ छोरा र तिन छोरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *