मितिः २०७७ मंसिर २६
स्टाफ कलेज (नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान) जावलाखेलको आयोजनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय विकाश प्रशिक्षण प्रतिष्ठान, सातवटै प्रदेशका मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय र सातवटै प्रदेशका प्रदेश प्रशिक्षण प्रतिष्ठान तथा प्रदेश सुशासन केन्द्रहरूको प्रथम भर्चुवल बैठक आज जुममिटिङ्ग मार्फत सम्पन्न भएको छ ।
बैठकमा स्टाफ कलेजका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक, बरिष्ठ निर्देशकहरू, निर्देशकहरू लगायत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, स्थानीय विकाश प्रशिक्षण प्रतिष्ठानका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव तथा सचिवहरू तथा प्रदेश प्रशिक्षण प्रतिष्ठान तथा प्रदेश सुशासन केन्द्रहरूका कार्यकारी निर्देशकहरूको उपस्थिति रहेको थियो ।
छलफलमा संघीय संरचना अनुसार प्रदेशमा स्थापना भएका प्रशिक्षण प्रतिष्ठान तथा सुशासन केन्द्रहरूको कोर्स निर्माण, गुणस्तर, प्रशिक्षण तथा मूल्याङ्कनका बिधि तथा प्रकृयाहरूमा एकरूपता तथा निश्चित मापदण्ड अनुरूप हुनुपर्ने बिषयमा गम्भिर छलफल भएको थियो । प्रदेशका प्रशिक्षण प्रतिष्ठान तथा सुशासन केन्द्रहरू संरचनागत र वयवस्थापकिय हिसाबले भर्खर संचालनमा आएका हुनाले गुणस्तर कायम गर्ने, संरचनागत व्यवस्थापनमा सहजिकरण गर्ने, कोर्स निर्माण तथा प्रशिक्षण तथा मूलयाङ्कनका विधि तथा प्रकृयाहरूमा एकरूपता ल्याउन संघीय प्रशिक्षण प्रतिष्ठान तथा संचालन तथा व्यवस्थापनको लामो इतिहास बोकेको संस्थाको हैसियतले पनि स्टाफ कलेजले महत्वपुर्ण र गहन जिम्मेवारी वहन गर्नुपर्ने विषयमा सहभागी सबैको एकमत रहेको तथा उपर्युक्त पक्षहरूमा स्टाफ कलेजले प्रदेश स्तरका प्रशिक्षण केन्द्र तथा प्रतिष्ठानहरूलाइ प्राविधिक सहयोग गर्नुपर्ने आवश्यकता रहेको विषयमा एकमत रह्यो ।
बैठकको अध्यक्षता गरिरहनुभएका प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले प्रदेशका प्रशिक्षण केन्द्र तथा प्रतिष्ठानहरूको क्षमता अभिबृध्दी गर्ने सवालमा सटाफ कलेज सँधै खुला हृदयले सहयोग तथा समन्वयका लागि तत्पर रहेको तथा क्षमता विकाशका निम्ति आवश्यक पर्ने प्राविधिक ज्ञान, शिप र दक्षता हस्तान्तरणका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो । त्यसैगरी यो प्रथम बैठकले सहकार्य र समन्वयका क्षेत्रहरू पहिल्याउने प्रयासको सुरवात गरेकाले यस्ता बैठकहरू नियमित संचालनहुँदै जाँदा सहकार्य र समन्वयका थपक्षेत्रहरू पहिल्याउन सहयोग पुग्दछ भन्ने बताउनुभयो ।
Comments are closed, but trackbacks and pingbacks are open.