प्रलेसको तेस्रो काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं २९ फाल्गुण,

प्रलेस काठमाण्डौ को तेस्रो जिल्ला सम्मेलन ले बालमुकुन्द कार्कीलाई अध्यक्ष मा निर्वाचित गर्यो । २७ सदस्यीय सो कमिटीमा उपाध्यक्ष रामचन्द्र हुमागाई,मुक्तान थेवा , केशरी अम्गाई , सचिव भीम क्षेत्र सह सचिव मा प्रकास थापा मगर ,कोषाध्यक्षमा प्रकास गुरागाई , र सदस्यहरूमा क्रमशः
प्रशान्त खरेल , प्रभाती किरण , सूर्य वि सी , राधिका गुरागाई ,देवकुमारी लुईटेल , सुदर्शन पुडासैनी, पारस ढकाल ,अनिल लिम्वु ,टहल दाहाल , सरस्वती घिमिरे,वासुदेव ज्ञवाली,दुर्योधन वस्नेत , कौसिला रिसाल, विस्णुमाया उपाध्याय ,लोभास कु सुनार, तारामिलन छन्त्याल ,गङ्गादेवी राई, निलिमा पुन मधु क्षेत्र , लक्ष्मण वेलवासे लाई निर्वाचित गर्यो ।

image

सम्मेलन उद्घाटन गर्दै सङ्घका केन्द्रीय महासचिव मित्रलाल पङ्गेनीले मुलुकमा सामन्तवादको गजुर ढले पनि त्यसको मन्दिर नढलिसकेकाले वैज्ञानिक चिन्तन र जनमुखी समाज निर्माणका लागि निरन्तर लेख्नुपर्ने बताउनुभयो।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष डा जीवेन्द्रदेव गिरीले नेपाली साहित्यको विकासका प्रगतिशील लेखनको महत्वपूर्ण भूमिका रहेको भन्दै सङ्घको सम्मेलन सफलताको कामना गर्नुभयो।

यस्तै, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष डा ईश्वरचन्द्र ज्ञवाली, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका प्रतिनिधि बलराम तिमल्सिना, प्रगतिशील सांस्कृतिक समाजका प्रतिनिधि कृष्णहरि भट्टलगायतले प्रगतीशील क्षेत्रले मुलुकमा सामन्तवाद र साम्राज्यवादको अन्त्यका लागि लाग्नुपर्ने बताउनुभयो।
निवर्तमान अध्यक्ष माधव ढुङ्गेलको अध्यक्षतामा सम्पन्न सभामा निवर्तमान सचिव कार्की र कोषाध्यक्ष धनबहादुर मगरको प्रतिवेदन छलफलसहित पारित गरेको थियो।

बन्दसत्र सञ्चालनका लागि इन्द्रबहादुर श्रेष्ठ सरित’को अध्यक्षतामा पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो। विसं २००९ मा स्थापित प्रलेसको दसौँ राष्ट्रिय सम्मेलन आगामी चैत २६ र २७ गते काठमाडौँमा हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *