ललितपुर, ३० कार्तिक २०६८
धार्मिक शिक्ष–दीक्षा समारोह समितिले आज साँझ ललितपुरको पिम्बहालमा पत्रकार सम्मेलन गरेर दिएको जानकारि अनुसार यहि मंसिर ३ गते शनिवार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पाटनको एतिहासिक मंगलबजारमा १४ औं अवतारी श्यामार्पा रिम्पोछेबाट षडक्षरी लोकेश्वर (च्याङ्ग्रेसी) को शिक्षा–दीक्षा (वाङ–लुङ) र अपरमिता तथागत (क्षेमापे) को दीक्षा सर्वसाधारणलाइ प्रदान गरिने कुराको जानकारी गराएको छ । उक्त समारोह ललितपुर बुद्ध जयन्ती कोष, सिद्धि–इन्द्र स्मृति कोष, सद्धर्म सुरक्षा कोष, युवक बौद्ध मण्डल, बौद्ध जागरण संघ लगायतको संलग्नतामा हुन लागिरहेको जनाइएको थियो ।
पत्रकार सम्मेलन भए पनि औपचारिक रूप दिइएको कार्यक्रमलाइ तिर्थमान शाक्यले अध्यक्षता गर्नु भएको थियो । समितिका कोषाध्यक्ष धर्मराज शाक्य तथा सदस्य केदार शाक्य द्वारा पत्रकारहरूको प्रश्नको जवाफ दिदैं भनिएको छ “श्री रिम्पोछे दलाइ लामाको फ्रि तिब्बत मुभमेण्ट सँग संगलग्न नरहेकाले नेपालमा यस्तो कार्यक्रम आयोजना गर्दा सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने तथा आवश्यक सुरक्षा व्यवस्थाको लागि प्रमुख जिल्ला अधिकारीलाइ जानकारी गराइसकेकाले सुरक्षा चिन्ता पनि नरहने” जनाइएको थियो ।
दुइ भागमा बाँडिएको कार्क्रममा पछिल्लो भागमा कपिलवस्तु दिवसको बारेमा चर्चा र जानकारी गराइएको थियो । कपिलवस्तु दिवस संयोजन समितिका विभिन्न पदाधिकारीहरू, डा. कविताराम श्रेष्ठ, केदार शाक्य, मनोज गजुरेल, डा. हरिकुमार श्रेष्ठ, लक्ष्मण पुरी, नितेश अधिकारी लगायतको उपस्थिति रहेको थियो । उक्त कार्क्रममा कपिलवस्तु दिवस विश्व कार्यसमितिका विश्व सल्लाहाकार डा. कविताराम श्रेष्ठले उक्त दिवशको आवश्यकताको महशुस किन गरियो, यसको सुरूवात कसरी गरियो, तथा यसको उद्धेश्य र कायर्क्रमको बारेमा जानकारी गराउनु भएको थियो ।
बुद्धको जन्मभूमी नेपाल रहेकोमा भारत भएको भन्ने भ्रामक जानकारी विश्व समुदायमा व्याप्त रहेकाले यसको मुल ध्येय नै उक्त भ्रम चिर्नु र कपिलवस्तुलाइ विश्वजगतमाझ चिनाइ यसको विकाशमा टेवा पुर्याउनु जस्ता उद्धेश्यहरू यस दिवशको रहेको जानकारी दिइयो । प्रत्येक वर्षको डिसेम्बर १ मा मनाउँदै आएको उक्त दिवस यस पटक पनि विभिन्न कार्यक्रमहरू गरि काठमाण्डु तथा लुम्बिनिमा विशेषत कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ । काठमाण्डुमा हुने अन्तर्क्रृया कायर्क्रममा ए.ने.क.पा. माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति रहने अनौपचारिक जानकारी दिइएको थियो । सभा बिसर्जन पश्चात चर्चित हाँस्य कलाकार तथा समितिका साँस्कृतिक दुत मनोज गजुरेलले विभिन्न मनोरन्जनात्मक प्रस्तुतीहरू गर्नु भएको थियो ।
The world is chaotic, disorder, fluctuating and uncertain because of various cultural and civilizational clashes. The future of humanity has been questioned. The concept of peace, tranquility and humanity has been uncertain. On these premises, teachings and practices of Buddhist philosophy is highly appreciated. Dreamlandnepal.com has played vital role on it and keep on doing it boldly and broadly. Thanks.