चन्द्रचेतूँ
०४ सेप्टेम्बर – २०११, आवुधाबी यूएई ।
प्रत्येक बर्ष झैं यो बर्ष पनि सर्वदा वाङ्मय प्रतिष्ठान् यूएई शाखाले आगामी ०४ नोभेम्बर २०११ शक्रबारको दिन दुवइको राजधानी आवुधाबी स्थित केरला सोसियल सेन्टरको हलमा १०२औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ति भब्यताको साथ मनाउने भएको छ ।
नेपाली भाषा र सहित्यको क्षेत्रमा दिलोज्यान अर्पण गरि निरन्तर कलम चलाएर आफ्नो नाम भाषा साहित्यको क्षेत्रमा उच्च ओहदामा राख्न सफल महाकवि देवकोटाको सम्मान एवं सम्झनामा प्रतिष्ठान्ले यस्तो कार्यक्रम यूएईमा गर्न लागेको हो ।
उक्त कार्यक्रम दुई चरणको हुनेछ पहिलो चरण १ घण्टाको समयावधि साहित्यमय हुनेछ त्यसपछि बाँकी समय अवधिको कार्यक्रम बेजोडका साथ नेपाली मौलिक साँस्कृतिक झल्किने मनोरञ्जानात्मक किसिमको हुने कुराको जानकारी प्रतिष्ठान्का वर्तमान अध्यक्ष श्री अर्जुन सापकोटाले जानकारी दिएका छन् ।
स्मरण रहोस् , सर्वदा वाङ्मय प्रतिष्ठान् यूएई शाखाले बिगत केही बर्षहरु देखी नेपालका बरिष्ठ साहित्यकारहरुको जन्मजयन्ति निरन्तर रुपमा यूएईमा मनाउँनु साथै यूएईमा बेचेको समय बावजुद पनि सिर्जना गरेरका नव सिर्जनशील नेपाली दाजुभाइहरुको कविता संग्रह, गीती संग्रह सोही अवसरमा विमोचन गर्दै आएको छ ।
श्री सापकोटाले सोही समारोहमा यूएईमा छरिएर रहेका स्रष्टाहरु तथा नेपालका बरिष्ठ साहित्यकारहरुबाट र्सिजित कविताहरुको संगालो ‘कविता सर्वदा’ भाग –२ बिमोचन गरिने कुराको जानकारी गरेकाछन् ।
उक्त कार्यक्रममा सहभागी भई भब्यताको साथ सफल पारिदिनहुन समस्त यूएई बासी दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गरिएको छ ।
बिस्तृत जानकारीको लागी
०५५–८५५०२६० (दीपराज नेयोङ्हाङ्ग)
०५५–९७०६०२० (शीशिर परियार)
सालिक राम पन्थ (०५५–४४३२६३२)
०५५–५४१९१२७ (निशान लिम्बु)
०५५–६१९४८९० (कृष्ण बि.क.)
E-mail:- sarbadauae@gmail.com
