र्इन्द्रनारायण चोङ्वाङको गीतिसंग्रह तथा रमेश विमानको गजल संग्रह विमोचित

भाद्र ९, २०६९, काठमाण्डु

आवरण डट कम द्वारा आयोजित एक समारोहमा आज र्इन्द्रनारायण चोङ्वाङको गीतिसंग्रह माटोका गीतहरू, मुटुका गीतहरू तथा विमानको गजल संग्रह गजल लेख्ने मान्छे म विमोचन गरियो । आनन्द श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रमका सभाध्यक्षमा आवरण डट कमका सल्लाहाकार तथा वरिष्ठ गजलकार करूण थापा, विशेष अतिथिहरूमा कृष्णहरि बराल, ललिजन रावल तथन अतिथिहरूमा देवी नेपाल, प्रभाति किरण, बिधान आचार्यको उपस्थिति रहेको थियो ।

 

करूण थापाले पानसमा बत्तिबालेर उद्घाटन गरेको कार्यक्रममा शुभकामना मन्तब्य दिँदै रमेश पौडेलले फेसबुकले गर्दा समारोहको आयोजना हुन सकेको बताउनुभयो । कृष्णहरी बरालले गीतसंग्रहको तथा ललिजन रावलले गजलसंग्रहको विमोचन गर्नुभएको थियो । देवी नेपालले गजलसंग्रहको समिक्षा गर्दै ब्यबस्थित रूपमा लामा लयहरूको प्रयोग गरिएको यो गजल संग्रह विषयगत व्यापकतालार्इ खोज्ने हो भने एक महत्वपुर्ण संग्रालय हुने संभावना बोकेको छ । गीतसंग्रहको समिक्षा गर्दै यसमा वर्गिय असमानतालाइ उठाइएको, मान्छेलाइ मान्छेलेनै प्रेम गर्नु पर्छ भन्ने भाव समावेश भएका र कलात्मक चित्रण भएका गीतहरू समावेश भएका छन् भन्नुभयो ।

 

केशब पौडेलले रमेश विमानको गजल संग्रह बाट छुनुहुन्न भाउ बढ्छ भन्ने गजल सुमधुर स्वरमा गाएका थिए । मन्तब्यको क्रममा कृष्णहरी बरालले गीत संग्रहले भावको नवीन ढाँचा ल्याएको कुरा बताउनुभयो भने मन्तव्य दिँदै ललिजन रावलले विषय एउटै भए पनि गजलमा विषयको भाव अलग हुनु पर्छ भन्नुभयो । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष थापाले दुबै स्रष्टाहरूलाइ बधाइ दिनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *