“वित्तीय र मौद्रिक नीति बिचको संयोजन” बिषयमा एक दिने कार्यशाला गोस्ठी सम्पन्न

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज मिति २०७४/०३/०९ गते शुक्रबार “वित्तीय र मौद्रिक नीति बिचको संयोजन (Co-ordination between Fiscal and Monetary Policy)” बिषयमा एक दिने कार्यशाला गोस्ठी सम्पन्न गरियो | उक्त कार्यक्रमको शुभारम्भ सत्रमा प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष पृथ्वीराज लिगल, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष दिपेन्द्र बहादुर छेत्री, अर्थ मन्त्रालयका सह-सचिब डा. बैकुण्ठ अर्याल, प्रतिष्ठानका बरिष्ठ निर्देशकहरु केदार बहादुर रायमाझी, भरत थापा तथा विभिन्न मन्त्रालय, बिभाग र अन्य सरकारी कार्यालयका बरिस्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो |

कार्यक्रम संचालन गर्दै प्रतिष्ठानका अध्ययन निर्देशक बसन्तराज सिग्देलले वित्तीय र मौद्रिक नीति बिचको संयोजन अहिलेको संघिय संरचनामा अत्यन्त महत्वपूर्ण र सान्दर्भिक रहेको बताउनुभयो | कार्यक्रमको शुभारम्भ र मन्तब्य ब्यक्त गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपानेले प्रतिष्ठानका नियमित कार्यक्रम बाहेक राष्ट्रको आबश्यकता अनुसार कार्यक्रमहरुलाई अगाडी बढाउने क्रममा यो कार्यशाला गोष्ठी आयोजना गरिएको बताउनुभयो | कार्यक्रममा उपस्थित सबैजनाको आ-आफ्नो क्षेत्रमा रहेको बिज्ञता र ज्ञानको एक-आपसमा कार्यशालामा छलफल गर्न उपस्थित हुनुभएकोमा सबैलाई धन्यवाद र सक्रिय सहभागिताको अपेक्षा सहित कार्यक्रमको पूर्ण सफलताको कामना व्यक्त गर्नुभयो |

तीन वटा सत्रमा बाडिएको कार्यक्रमको पहिलो सत्रमा डा. बैकुण्ठ अर्यालले “दिगो बिकासको लागि वित्तीय नीतिको परिवर्तित भूमिका” बिषयक कार्यपत्र प्रस्तुत गर्नुभयो जसमा पृथ्वीराज लिगलले कार्यपत्र माथि टिप्पणी गर्नु भएको थियो भने दिपेन्द्र बहादुर छेत्रीले सत्रको अध्यक्षता गर्नु भएको थियो |

दोस्रो सत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नर बहादुर थापाले “मौद्रिक नीतिको अर्थतन्त्रमा योगदान र यसको आगामी समयमा हुने आबश्यकता र प्रभाब” बिषयको कार्यपत्र प्रस्तुत गर्नुभयो र केशव आचार्यले उक्त कार्यपत्र माथि टिप्पणी गर्नुभयो भने पृथ्वीराज लिगलले सत्रको अध्यक्षता गर्नु भएको थियो |

कार्यक्रमको तेस्रो तथा अन्तिम सत्रमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठले “वित्तीय तथा मौद्रिक नीतिहरुको समन्वयको लागि संचालात्मक ढाचा” बिषयक कार्यपत्र प्रस्तुत गर्दै यस्तो समन्वयको आबश्यकता औंल्याउनुभयो र डा. शंकर शर्माले कार्यपत्र माथि टिप्पणी गर्नुभयो भने सत्रको अध्यक्षता दिपेन्द्र बहादुर छेत्रीले गर्नुभएको थियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *