विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा गठन

गत २० डिसेम्बरका दिन म्यानमारको याँगौ स्थित युवा कल्याण भवनमा सम्पन्न एक साहित्यिक भेलाले, नेपाली साहित्यको श्रीबृद्धिको लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा  राष्ट्रिय स्तरमा गठन भएको छ ।

image

समितिको अध्यक्ष लक्ष्मण नेउपाने, उपाध्यक्ष कृष्ण ढकाल (टाउजी), उपाध्यक्ष सुश्री निला सुवेदी (मिचिना), महासचिव मोहनराज खनाल (याँगौ), सचिव सेरु थापा (मोगोक), सहसचिव रदीप खराल (मोगोक), कोषाध्यक्ष देवेन्द्र रिजाल (माण्डले), निरिक्षक मोती गुरगाँई (याँगौ), र होमनाथ ढकाल (मिचिना) रहनु भएको छ भने सल्लाहकारहरुः बालकृष्ण रीजाल (मिचिना), खिम बहादुर बुडाथोकी (याँगौ), बिष्णु पंथी (याँगौ), दशरथ घिमिरे (टमू), हुताशन पोख्रेल (मोगोक) र ज्ञान बगाले (मोगोक) रहनु भएको छ । त्यस्तैगरि क्षेत्रिय सदस्य सचिवहरु क्रमशः प्रविणहरि प्रधान (याँगौ), श्रीमति कौशल्या खनाल (याँगौ), नारायण रीजाल (मिचिना), उषा पौडेल (मिचिना), भागवत दास बस्नेत (मोगोक), दधिराम रेग्मी (मोगोक), बासु काईराला (मोगोक), क्रान्ति खडका (मोगोक), राजन ज्ञावली (स्वेगु), पोयनाथ काफ्ले (स्वेगु), कुसुम गौतम (टमू), सुश्री बन्दना गौतम (टमु), अमित घिमिरे (टमु), जीवन दाहाल (माण्डले) र तिलकराम पोख्रेल (याँगौ) रहनु भएको छ । नवगठित समितिको संरचना म्यानमारको प्रचलन अनुसार निर्माण भएको छ । शाखा समितिको संरक्षक मण्डलमा म्यानमारको लागि नेपाली राजदुत (पारास घिमिरे), श्रीमति प्रविणा घिमिरे, ठाकुर प्रसाद गुरागाँई, महानन्द भट्टराई र टेकनारायण रीमाल रहनु भएको छ ।

पुस्तौपुस्ता देखि नेपाली पहिचान बोकेका लाखौ म्यानमार नागरिकहरुले नेपाली भाषा, साहित्य र संस्कृतिलाई  जोगाउदै आएका छन् । नेपाली साहित्यको अन्तर्राष्ट्रिय संजाल साहित्य महासङ्घको म्यानमार शाखा १७ औ मुलुकको २३ औ शाखा बनेको छ । केही हप्ता अघि मात्र अष्ट्रेलियामा पनि यसको शाखा बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *