काठमाडौ
साहित्यकार निलम कार्की निहारिकाको उपन्यास ‘अर्की आइमाई’ अमेरिकाको वासिङटन डिसीमा आइतबार सार्वजनिक गरिएको छ ।
तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा उपस्थित अभिनेत्री गौरी मल्ल, गायिका नलिना चित्रकार, कलाकार अस्मिता रञ्जित, समाजसेवी विष्णुमाया परियार, कथाकार सीता पाण्डे, उपन्यासकार कविता पौडेल, निबन्धकार भारती गौतम, गजलकार आचार्य प्रभा, ब्युटिसियन ममता कर्माचार्य, समाजसेवी कुन्ती थापा, कवि गीता खत्री, गंगा लिगल, सरस्वती रिजाल, गीता पन्थ, मनु लोहोरुंग, दीपा पुन र अनु साहले संयुक्त रूपमा उपन्यास विमोचन गरेका हुन् ।
कार्यक्रममा अभिनेत्री गौरी मल्लले निहारिकाको उपन्यास प्रकाशनले खुसी भएको बताइन् । उनले पछिल्लो समय पुस्तक नपढीकनै विषयबारे अनुमान गर्ने प्रचलन बढेकोप्रति व्यंग्य गर्दै भनिन्, ‘अर्की आइमाईमा के छ भनेर अड्कल गर्नुअघि पढ्न अनुरोध गर्छु ।’
विमोचनमा सहभागी सबै व्यक्तित्वले निहारिकालाई ‘अर्की आइमाई’जस्तो शक्तिशाली उपन्यास लेखेकोमा बधाई दिएका थिए । उनीहरूले ‘अर्की आइमाई’ नेपाली डायस्पोरा साहित्यको उत्कृष्ट नमुना रहेको दाबी गरे । यस्ता कृतिले डायस्पोरा साहित्यका शक्ति स्पष्ट पार्ने उनीहरूको तर्क थियो ।
कार्यक्रममा नेपाल, क्यानाडा, पोर्चुगल, जापान र अमेरिकामा रहेका नेपाली कला–साहित्यप्रेमीको उपस्थिति थियो ।
उपन्यास शब्दहार क्रिएसन्सले प्रकाशन गरेको हो । नेपालबाट प्रकाशन भए पनि लेखिकासमेत अमेरिकामा रहेको तथा उपन्यासको मुख्य पात्रको कथा अमेरिकास“ग जोडिएकाले कृति त्यही“बाट सार्वजनिक गरेको क्रिएसन्सका अध्यक्ष रमेश क“डेलले बताए । अमेरिकाबाट सार्वजनिक भए पनि कृति नेपालमा उपलब्ध भइसकेको उनले जानकारी दिए । गत बिहीबारबाट राष्ट्रिय सभागृहमा जारी पुस्तकमेलामा समेत पुस्तक उपलब्ध भइसकेको उनले बताए ।