मितिः २०६८।१०।७
रमेश पोखरेल – उपाध्यक्ष, साहित्य सन्ध्या
साहित्य सन्ध्याको ३१२ औँ विशेष कार्यक्रम आज नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘कविको आफ्नै प्रकाशित कविता सङ्ग्रहबाट कविता वाचन’ गर्दै सम्पन्न गरियो । ठिक १.०० बजे सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीको सञ्चालन र अध्यक्ष राम विनयको अध्यक्षतामा सुरु भएको उक्त विशेष गोष्ठीमा प्राज्ञ सुलोचना मानन्धर, प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष हरिहर खनाल, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, वरिष्ठ कवि पूर्ण विराम, मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिव माधव प्रधान, साझा प्रकाशनका सञ्चालक अनिल पौडेल अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।
२०३९ सालदेखि काठमाडौँमा प्रारम्भ भएको साहित्य सन्ध्यामा त्यो समयमा सक्रिय रहँनु भएका गीतकार एवम् सङ्गीतकार माधव प्रधानले पुरानो त्यो कालखण्डको सम्झना गर्दै त्यसै समयको निरङ्कुशता प्रतिबिम्बित हुने गीत प्रस्तुत गर्नु भयो । त्यसै गरी साहित्य सन्ध्याबाट साहित्यको यात्रा प्रारम्भ गर्दै हाल पनि साहित्यमै संलग्न स्रष्टाहरूले आआफ्ना प्रकाशित सङ्ग्रहबाट रचना वाचन गर्नु भयो । जस अनुसार कणाद महर्षि, डम्बर पहाडी, राम विनय, पूर्ण विराम, रमेश पोखरेल, गोपाल मैनाली, मुक्तिनाथ शर्मा, सानु पहाडी, सुमी लोहनी, गोपाल नेपाल, लक्ष्मण गाम्नागे, सुलोचना मानन्धर, अतृप्त पाण्डे, कलाधर काफ्ले, डिल्लीराज अर्याल, पोषरमण चापागाईँ, ब्रह्मप्रिय प्रेमस्वरुप, सरस्वती चिमौरिया, पीताम्बर भण्डारी, हरिहर खनाल, अनिल पौडेल, मनोज निरौला ‘कल्पित’, ईश्वर दाहाल ‘सिन्धुले’, पुण्य गौतम ‘विश्वास’, नर्मदेश्वरी सत्याल र गायत्रीले आआफ्ना प्रकाशित ग्रन्थबाट कविता, गीत, गजल, लघुकथा वाचन गर्नु भयो ।
सोही गोष्ठीमा राम विनयले स्रष्टा पोषरमण चापागाईँद्वारा लिखित वाफको पर्दा शीर्षकको निबन्ध तथा नियात्रा सङ्ग्रहका बारेमा सङ्क्षिप्त टिप्पणी गर्दै प्रवाहपूर्ण भाषाशैली र सलल बगेको कौतुहलपूर्ण लेखनले नियात्रा सङ्ग्रह पठनीय रहेको चर्चा गर्नु भएको थियो ।
Prashant Kharel has unveiled the secret of his unconditional love, unflattering devotion and uncompromising creative technocracy for Nepali art, culture, literature and our epochal reality. His herculean task of disseminating infotainment on writings and readings of our literature. The news of “Sandhya” has enlightened readers like me. Good means will pave the path of good ends. Thanks!!!!!!!!!