मितिः २०६८।४।७
रमेश पोखरेल
उपाध्यक्ष – साहित्य–सन्ध्या
साहित्य–सन्ध्याको ३०५ औँ नियमित मासिक कार्यक्रमका रूपमा आज अपराह्न नेपाल मानविकी क्याम्पस, प्रदर्शनीमार्गमा ‘नयाँ पुस्ता, प्रविधि र साइबर साहित्य’ विषयमा विशेष परिचर्चा एवम् कवि गोष्ठी गरी सम्पन्न गरियो । ठिक १ बजे सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सुरु भएको उक्त विशेष गोष्ठीमा वरिष्ठ कवि जगन्नाथ आचार्य, समीक्षक विक्रम तिमिल्सीना, समीक्षक टङ्क उप्रेती, सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो । गोष्ठीको अध्यक्षता साहित्य सन्ध्याका अध्यक्ष राम विनयले गर्नु भएको थियो ।
साहित्य सन्ध्याले हरेक महिना कुनै न कुनै समसामयिक विशेष विषयमा परिचर्चा गर्ने गरेको र सोही क्रमको निरन्तरता सहित अहिलेको समसामयिक र जल्दोबल्दो विषय ‘नयाँ पुस्ता, प्रविधि र साइबर साहित्य’लाई छनोट गरी नेपाली साहित्यमा साइबर साहित्यको कस्तो प्रभाव छ ? युवा पुस्ताले यसको सदुपयोग, दुरुपयोग के गरेका छन् ? यसका फाइदा, बेफाइदा के कस्ता छन् भन्ने बारेमा समालोचक एवम् सञ्चारकर्मी विक्रम तिमिल्सीनाले गहन अनुसन्धान गरी तयार गर्नु भएको कार्यपत्र प्रस्तुत गर्नु हुँदै हरेक प्रविधिका सकारात्मक र नकारात्मक पक्ष हुने भएकाले यसको सरलता, संसारभरि पुग्ने, पु¥याउने पहुँच आदिको सदुपयोग राम्रो पक्ष हो भने दुरुपयोग गर्ने, त्यसैमा झुम्मिने र वित्रृmति मात्र अवलम्बन गर्ने जस्ता पक्ष नकारात्मक भएको समेतको विषद् चर्चा गर्नु भयो ।
प्रस्तुत कार्यपत्रमात्रि सञ्चारकर्मी टङ्क उप्रेतीले टिप्पणी गर्नु हुँदै कार्यपत्र अत्यन्त मिहिनेतसाथ तयार पारिएको, खोज अनुसन्धानमूलक रहेको र एउटै कार्यपत्रमा सम्पूर्णता अटाउन नसकिने यथार्थ भए पनि साइबर साहित्यका क्षेत्रमा अनुसन्धान गर्न पर्छ भनेर सबैलाई घच्घच्याउने काम साहित्य सन्ध्याले गरेको, साइबर साहित्य नभएर माध्यम हो, जसको सदुपयोगले संसारमा पु¥याउन सकिन्छ तर दुरुपयोग गर्ने नयाँ पुस्ताका लागि भने यो लागु औषध जस्तै कुलत पनि हो, यसको पहुँच सहर केन्द्रित रहेकोले दूर दराजसम्म, गरिबको पहुँचसम्म नपुगेको तर्फ पनि सरोकारवालाको ध्यान जानु पर्छ भन्ने धारणा राख्नु भयो ।
गोष्ठीमा गायत्री विष्ट, निर्भीक राई, डिल्लीराज अर्याल, पूर्णविराम, रमेश पोखरेल, जगन्नाथ आचार्य, रमेश गौतम ‘पाल्पाली’, रमेशजङ थापा, शीतल गिरी, मुक्तिनाथ शर्मा न्यौपाने, कणाद महर्षि, प्रदिपरत्न शाक्य, गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी, सानु पहाडी, थरेन्द्र बराल, लक्ष्मण गाम्नागे, रामबहादुर पहाडी, देवी नेपाल, पीताम्बर भण्डारी, गोपाल नेपाल, ब्रम्हप्रिय प्रेम स्वरुप, मिमिन्दा, हीराधन राई, कालिप्रसाद सुवेदी, प्रशान्त खरेल, विद्या के.सी., श्यामबहादुर भावुक, ईश्वर थोकर, भगवती पौडेल, विश्वनाथ सञ्जेल, कृष्णदेव रिमाल, प्रेम सिलवाल, आत्माराम शर्मा, उमा मिश्र, नारायण निराशी र निशान भट्टराईले आआफ्ना कविता, गीत, गजल तथा हाइकु वाचन गर्नु भयो ।
वाचित रचनामाथि समीक्षक भागवत आचार्यले टिप्पणी गर्दै गोष्ठीमा वाचित ३७ ओटा रचनाले देशको समसामयिक पीडा, बेथा, छट्पटी र कुण्ठालाई अभिव्यक्त गरेका, सिकारु र परिष्कृत रचना वाचित भएका, शास्त्रीय छन्दमा र मुक्त छन्दमा कविता लेखिएका, छन्दका कवितामा छन्दको नियम पालना गर्न कठिन हुने र मुक्त छन्दका कवितालाई कविता बनाउन कठिन हुने तथ्यप्रति स्रष्टा जागरुक हुनु पर्ने र साहित्य सुबोध्य एवम् जनतालाई लक्षित गरी लेखिनु पर्ने, राष्ट्र निर्माणका पक्षमा लेखिनु पर्ने धारणा राख्नु भयो ।
गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्याले समसायिक विषयमा गहन छलफल गर्ने र रूपान्तरणको अभियान सुचारु गर्ने वार्षिक क्यालेन्डर बनाएकोले अर्काे महिना यस्तै अर्काे समसामयिक विषयमा विस्तृत छलफल गर्ने र कवि गोष्ठीको आयोजना गर्ने जानकारी दिनु भयो र नेपाली समाजको रूपान्तरण गर्नु पर्छ भन्ने वैचारिकताका साथ कम्युनिस्ट पार्टीको स्थापना गर्ने पुष्पलालको स्मृति दिवस समेत परेको आजको सन्ध्यामा उहाँको सम्झना गरिएको, साहित्य जनताका लागि र राष्ट्र निर्माणका लागि लेखिनु पर्छ भन्ने वैचारिकताको सम्प्रेषण पुष्पलालले गरेकाले पनि उनको विचार अनुकरणीय रहेको, सम्झनायोग्य रहेको धारणा राख्नु भयो ।
……………………
नयाँ सपनाको घाषणा
– पुण्य गौतम ‘विश्वास’
खै त्यो हाम्रो रातो घर ?
कसैले दान दिएको सेतो भयङ्कर बङ्गलामा बसाइँ सर्न
यसरी ठोस्नु हुन्थ्यो तिमीले आगो हाम्रो प्यारो झुपडीमा ?
गुँड भत्काइएका चराहरू भएर
कुनै उदास बिहानीमा सूर्यको फिका किरण जस्तै
अनन्त आकाशको कत्ले बादलभित्र कतै हराइँने पो हो कि ?
त्यसैले इन्द्रेणी सपना जस्तै हाम्रा सुनौला पखेटा काट्नुअघि नै
यहाँबाट कतै भर्नु छ उडान हामीलाई क्षितिजतिर
जहाँ नपुगोस् पहुँच तिम्रो चण्डाल चील आँखाको ।
भत्किएका छन् पुराना सपनाहरू निन्द्राबाट बिउँझिएपछि
तार चुँडिएर कुनामा फ्याँकिएको यो गिटारले
फिँजाउँथ्यो कुनै वेला क्रान्तिधुन
तर नयाँ नवाबी महफिलको रवाफ बढाउन
त्यो गायकलाई भ्याइ नभ्याइ छ झन् आज
कुकुरहरूका अगाडि हड्डी झैँ फ्याँकिएका
पद र पैसाका टिप्सहरू बटुल्दै छ हड्बडिएर
गुन्डा समयको सेलिब्रेटी भएर बेस्या सङ्गीत छर्ने
त्यो बाँसुरी स्वरको हेर हरि विजोग !
सजिएको छ कवि महङ्गो कोटमा अहिले
उसको खल्तीमा घुसारिएको वैचारिक मसी सकिएको कलमले
लेख्दैन आजकाल आगो र आँधी, सुनामीका एण्टी करेण्ट कविताहरू
हुने गर्छन् उसको बगलीमा हरदम
नक्कली नायकहरूप्रति समर्पित केही थान ‘भूपाल अर्चना’
सब थोक गुमाएर पनि उनीहरू शोकाकूल छैनन् यति वेला
किनकि उनीहरूसँग नखरमाउली बेस्या जस्तो सरकार छ ।
बँदेल भन्दै सुँगुरको मासु बेच्ने
सहरका चुतिया मासु पसले जस्तो संसद छ !
यही सानो धोकेबाज संसारमा ल्याएर
टुङ्ग्याएका छन् तिनले आफ्नो महान यात्रा !
तर जोड तोडले जारी छ अचेल
यो सेतो बङ्गलामा
निकट भविष्यमै खुइलिने खालको रातो डेन्टिङ् पेन्टिङ् ।
नयाँ हाउजिङ वा कारखाना निर्माणार्थ
बस्तीमा डोजर चलाएर बेघरवार खेदिएका आदिबासीहरू झैँ
रुने छैनौँ निर्दयतापूर्वक जलाइएको रातो घरको नोस्टाल्जिक सम्झनामा
खरानी सम्हालेर राख्ने छौँ हामी
किनकि कुनै दिन काम लाग्ने छ यो
तिनका ब्वाँसा आँखामा छ्याप्न
मरे मन्ठानिएका चराहरू ‘फिनिक्स’ चालमा उड्ने छन् खरानीबाट
यो शताब्दीको नितान्त नयाँ चिरबिराहट बोकेर
पाइलै पिच्छे मृत्यु जाइ लाग्ने हजारौँ कोस बाटो हिँडेपछि मात्रै
पुग्ने छौँ हामी त्यो रमणीय ठाउँ
किन रोकिन्छौँ र हामी ?
आखिर उठिबास लगाइएकाहरूसँग
बच्दो रहेछ एउटै सर्वहारा सपना
राता घरहरू भरिएको इज्जतदार बस्ती बसाल्ने ।
निजगढ, बारा ।