साहित्य सन्ध्यामा ‘ज्येष्ठ नागरिक र हाम्रो दायित्व’ विषयमा चर्चा तथा कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, काठमाडौं

image

साहित्य सन्ध्याको ३५४ औँ कार्यक्रम मङ्सिर ५ गते शनिवार अपराह्न १ बजे ‘आर.आर.क्याम्पस’ प्रदर्शनी मार्गमा ‘ज्येष्ठ नागरिक र हाम्रो दायित्व’ विषयमा परिचर्चा एवम् कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा  अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, नेपान नामक संस्थाका कार्यकारी प्रमुख फटिक थापा, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, शब्द संयोजन साहित्यिक मासिकका सम्पादक द्वय शीतल गिरी र सुमी लोहनी, वरिष्ठ कवि कणाद महर्षि, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय, ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, डा.विन्दु शर्मा, डा.फणीन्द्रराज निरौला उपस्थित हुनु हुन्थ्यो।

image

गोष्ठीको प्रारम्भमै रमेश पोखरेलले ज्येष्ठ नागरिकका प्रति समाज र राज्यको दायित्व हुनु पर्छ, उनीहरूले बाँचेको लामो र अनुभव युक्त जीवनबाट शिक्षा ग्रहण गर्ने र उनीहरूको बुढेश काल सम्मानजनक हुनु पर्छ भन्ने मान्यताका साथ आजको विशेष गोष्ठीको आयोजना गरिएको र ज्येष्ठ नागरिककै क्षेत्रमा विगत डेढ दशकदेखि काम गरि रहेको नेपान नामक संस्थाका कार्यकारी प्रमुख फटिक थापालाई उल्लेखित वियामा चर्चा गरि दिन आमन्त्रण गरिएको जानकारी सहित उपस्थित सबैलाई स्वागत गर्नु भयो ।

image

image

गोष्ठीका अतिथि नेपानका अध्यक्ष फटिक थापाले राज्यको परिभाषमा ६५ वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भन्ने गरिएको, हाम्रो देशले ज्येष्ठ नागरिक सम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिलाई अनुमोदन गरि सकेको हुँदा सो अनुसार राज्यले ज्येष्ठ नागरिकलाई खाने, लाउने र बस्ने व्यवस्था गर्नु पर्ने; विकास निर्माणमा सहभागी गराएर उनीहरूको अनुभव ग्रहण गर्नु पर्ने, उनीहरूको उचित हेरचाह गरिनु पर्ने, उनीहरूको सम्मान र प्रतिष्ठाको ख्याल गरिनु पर्ने, सकहरीकरण तीव्र भइ रहेको अहिलेको परिवेशका आधारमा ज्येष्ठ नागरिकको सङ्ख्या पनि बढि रहेको र अबको ३५ वर्षपछि ज्येष्ठ नागरिकको सङ्ख्या कुल जनसङ्ख्याको साठी प्रतिशत पुग्ने अनुमान गरिएको हुँदा अब गरिने विकास निर्माण ज्येष्ठ नागरिक मैत्री हुनु पर्ने, स्रष्टाले समेत आफ्ना सिर्जनाका माध्यमबाट ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारका पक्षमा कलम चलाउन तत्कालैदेखि थाल्नु पर्ने धारणा राख्नु भयो ।

image

image

गोष्ठीमा मणिराज सिंह, कमला रिसाल ‘ज्योति’, मुकुन्द न्यौपाने, पूर्ण विराम, अतृप्त पाण्डेय, रमेश पोखरेल, राम विनय, वासुदेव अधिकारी, सुरज सिलवाल, ओमप्रसाद कोइराला, केशवराज निश्चल, भिजन गुरागाईँ, बुद्धिराज पाण्डे, प्रमोद स्नेही, भोलानाथ सुवेदी, प्रेमराज सिलवाल, जी.बी.आचार्य, होमशंकर बास्तोला, जयन्ती स्पन्दन, कणाद महर्षि, रूपक अलङ्कार, जनार्दन अधिकारी ‘धडकन’, मोहनमणि पोखरेल, राममणि ढुङ्गेल, रामदेव पाण्डे, निर्भीक राई, उमेश उपाध्याय, रामबहादुर पहाडी, डम्बरध्वज लिम्बू, रत्ननिधि रेग्मी, तारा के.सी., द्वारिका कुइँकेल, कृष्ण गौतम, पीताम्बर भण्डारी, प्रशान्त खरेल, डम्बर पहाडी, सानु पहाडी र गोपाल बरालले आआफ्ना कविता, गीत, गजल वाचन गरेका थिए ।
image

image

वाचित कविता तथा गीत, गजलमाथि समीक्षक डा.विन्दु शर्माले टिप्पणी गर्नु हुँदै ज्येष्ठ नागरिक सम्बन्धी कवितामा उनीहरूको पीडा अभिव्यक्त भएको भए पनि अनुभूतिको पक्ष भने अपेक्षित रूपमा कमजोर देखिएको तर बाहिरी संरचना बढी मुखर भएको, ज्येष्ठ नागरिकका विषयमा लेख्दा बढी सम्वेदनशील भएर लेख्नु पर्ने रहेछ भन्ने देखिएको, केही कविताहरू प्रतीकात्मक रहेका, केही कविता वर्तमानको नाकाबन्दीका विरोधमा र मानवीय सम्वेदनहीनताका विरुद्धमा लेखिएका, भूकम्पको पीडा र राहतमा भएको कमीको पक्षलाई पनि कवितामा उजागर गरिएको, केही कविता बहुअर्थी समेत रहेका, कवितामा व्यङ्ग्यात्मकता र राष्ट्रिय भावना समेत उजागर भएको, अखबारका पानामा केन्द्रित रहेको वृद्धवृद्धाको दैनिककिो मार्मिक चित्रण पाइएको, सन्तानको अपहेलनाका कारण उत्पन्न पीडाको अभिव्यक्ति रहेको, सन्तान बाहिरिएका कारण खेतीपाती गर्न नसकी बाँझो भएको र आर्थिक समस्या उत्पन्न भएको पीडा उजागर भएका मात्र होइन एकल महिलाका पीडा समेत कवितामा उजागर भएका छन् भन्नु हुँदै कविता भनेको बौद्धिक विधा हो, सरल हुनु राम्रो हो तर अधिक सरलता पनि कवितामा हुनु हुन्न । विम्ब र विपर्यास कविताका शक्ति हुन् भन्ने पक्षमा सचेत हुँदै कवितामा थोरैमा धेरै भन्न सक्ने सामथ्र्य हुनु पर्छ भन्ने विचार व्यक्त गर्नु भयो ।

image

गोष्ठीको समापन गर्दै अध्यक्ष राम विनयले साहित्य सन्ध्या सामाजिक सांस्कृतिक रूपान्तरणको सशक्त अभियान चलाइ रहेको संस्था भएकाले यसले समग्र प्रगतिशील साहित्यको अध्ययन र उत्थानको पाटोलाई कुनै न कुनै कोणबाट विश्लेषण गर्ने कार्य गर्दछ । आज हामीले हाम्रो समाज तथा घर परिवारमा रहेका ज्येष्ठ नागरिकका प्रति समाज, राज्य तथा हाम्रो के दायित्व हुन्छ ? भन्ने विषयमा चर्चा गर्ने कार्य गर्यौँ । यसका लागि नेपानका कार्यकारी प्रमुख फटिक थापाज्यू आइ दिनु भयो र अन्तर्राष्ट्रिय अभिसन्धि, राज्यको, समाजको र हामी सबैको दायित्वका बारेमा प्रकाश पारि दिनु भयो । अतिथिज्यूहरू आइ दिनु भयो, समीक्षक डा.विन्दु शर्माले विस्तृत रूपमा वाचित कविताको समालोचना गरि दिनु भयो,  स्रष्टाहरूले आआफ्ना उत्कृष्ट रचना वाचन गरि दिनु भयो, सबै सबैलाई हार्दिक धन्यवाद छ भन्दै गोष्ठीको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *