रमेश पोखरेल, काठमाडौँ
साहित्य सन्ध्याको नियमित मासिक ४०३ औँ शृङ्खला माघ ४ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीको अध्यक्षतामा समसामयिक विषयका सिर्जना वाचन गरी ‘विशेष कविगोष्ठी’ सम्पन्न भयो ।
सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलद्वारा सञ्चालित उक्त गोष्ठीमा प्रा.डा.खेमनाथ दाहाल, साहित्यकार डम्बर पहाडी, साहित्यकार सीताराम नेपाल, वरिष्ठ कवि विधान आचार्य, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’, साहित्यकार एवम् भाषाविद् डा.विदुर चालिसे, वरिष्ठ कवि गोविन्दबाबु तिवारी, वरिष्ठ गजलकार रामबहादुर पहाडी, वरिष्ठ कवि कणाद महर्षि, साहित्यकार डा.गोविन्दप्रसाद आचार्य, राष्ट्रिय शिक्षक महासङ्घका कोषाध्यक्ष शेरबहादुर अधिकारी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
गोष्ठीमा वेनीबहादुर थापा, गोविन्दबाबु तिवारी, गोविन्द घिमिरे ‘वेदमणि’, डा.विदुर चालिसे, डम्बर पहाडी, डा.गोविन्दप्रसाद आचार्य, मुकुन्द न्योपाने, कात्यायन, रामबहादुर पहाडी, बैरागी जेठा, कणाद महर्षि, विधान आचार्य, सीताराम नेपाल, गायत्रीकुमार चापागाईँ, प्रेम मुनारी बाहिङ, रामेश्वर राउत मातृदास, अनिता लामा, डा.खेम दाहाल, नारायण भण्डारी जनकपुरी, कविराज बराल, पूजा सुवेदी, मिसन अधिकारी, डा.भागवत आचार्य, भावना न्यौपाने, गोमादेवी कटुवाल र शेरबहादुर अधिकारीले आआप्mना समसामयिक कविता, गीत, गजल, हाइकु बाचन गर्नुभयो । वाचित सबै सिर्जनाले समसामयिक राजनीतिक विद्रूपता, विभेद र सामाजिक अन्यायको सशक्त विरोध गर्दै रूपान्तरणको स्पष्ट आग्रह गरेका थिए ।
सभाध्यक्ष गोपालकुमार मैनालीले माघको कठ्याङ्ग्रिँदो जाडोमा चौबिस घण्टासम्म भिजेको काठमाडौँ र स्रष्टाहरू आजको मौसम पनि प्रतिकूल नै होला भन्ने ठानेर तुलनात्मकरूपमा कम उपस्थित हुनुभएको भए पनि जति उपस्थित भयौँ त्यो गुरुत्वपूर्ण छ र आज वाचित सबै रचना गुणात्मकताका हिसाबले महत्त्वपूर्ण रहेका छन् । हामी स्रष्टाले सामाजमा देखिएका विकृति र राजनीतिले थोपरेका विकृतिका विरुद्धमा सशक्त आबाज उठाउनुपर्दछ र रूपान्तरणको स्पष्ट सन्देश निर्भीकतापूर्वक सम्प्रेषण गर्नसक्नुपर्दछ । यही नै स्रष्टाको आजको दायित्व हो र आजका रचनाले त्यो दायित्व निर्वाह गर्नसकेको छन् त्यसैले आज उपस्थित सबै स्रष्टा र सिर्जनाका लागि हार्दिक धन्यवाद दिन्छु । अर्काे सन्ध्यामा कुनै एक गहन विषयमा हामी बहस गर्ने छौँ र सिर्जना वाचन गर्ने छौँ । त्यो समारोहको निम्तामा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।