बलराम राई
उर्वर साहित्य समाजले प्रत्येक महिनाको तेस्रो शनिवार आयोजना गर्र्दै आएको सिर्जना र श्रष्टाको सम्मान कार्यक्रम २०६९–०४–२० शनिवारका दिन काठमाडौँको नेपाली लोकबाजा सङ्ग्रहालयमा सम्पन्न दश औँ श्रृङ्खलामा गजलकार इन्द्रजीत शर्मा चौलागाईलाई सम्मान गरियो । कार्यक्रममा शर्माले आफ्नै गजल सङ्ग्रह समयको छायाबाट क्रमशः ३ वटा गजल वाचनपछि उनका गजल सङ्ग्रहमाथि साहित्यकार प्रा.शारदा रमण नेपालले समग्र रुपमा समालोचना गरेका थिए भने साहित्यका तथा समालोचक प्रभाती किरणले वाचित गजलमाथि मात्रै समीक्षा गर्नु भएको थियो ।
कार्यक्रममा बरिष्ठ साहित्यकारहरु – कवि पूर्ण विराम, राम विनय, डिल्लिराज अर्याल, रामप्रसाद प्रसाई, अतृप्त पाण्डेय, प्रशान्त खरेल, गोपाल नेपाल, बलराम राई, असीम सागर, जी.केयन खडेरी, शीतल गिरी, अनिता घिमिरे, बैरागी जेठा, सरोज घिमिरे, सन्तोष न्यौपाने, देवी लुँइटेल, नानीमैया अधिकारी, गोविन्द नेपाल, इन्दिरा पौड्याल, जीत कुमार चौलागाई, मीनराज दुवाडी, भीम प्रकाश सुनुवार आदिले आ–आफ्नै रचना वाचन गरी सुनाएका थिए । कार्यक्रमको समापन गर्दै सभाध्क्ष पारस ढकालले अन्त्यमा आफ्नो कविता सुनाएका थिए ।