सुवासको सुदुर लालिमा विमोचित

ssसुवास संगम राई अरबमा बस्छन्, तर उनको मन भने हमेशा आफ्नै जन्मभुमिमा हुन्छ । अरबबाट मुलुक संझेर लेखेका तिनै गजलहरुको संग्रह सुदुर लालिमा शनिबार राजधानीमा लोकार्पण गरियो । गजलकार ज्ञानुवाकर पौडेलले सुवासको दोस्रो कृति सार्वजनिक गरेका हुन् । यसअघि गीति संग्रह निकालिसकेका सुवासले कृतिमा ८३ गजल समेटेका छन् ।

 

सोलु लोखिम३ दोप्लेका सुवासले प्रेम, राष्ट्रियता, विदेशिनुको पीडा, द्धन्द्धको निर्थकता, आफ्नै माटोको सुगन्ध लगायतका विषयमा कलम चलाएका छन् । उनका सिर्जना बैचारिक दृष्टिकोणले परिपक्व छन् कृतिमाथि टिप्पणी गर्दै आख्यानकार नयनराज पाण्डेले भने, ‘नेपाली गजल विधालाई सम्मृद्ध पार्न सुवासको निरन्तरताले सघाउने छ । कुनैबेला आफूपनि गजल रहेको खुलाउँदै नयनले कृतिमा राष्ट्रियता र सिमानाको सन्दर्भ मनछुने ढंगले आएको दावी गरे । कृतिको विषयगत गहनतामाथि कवि तथा साहित्यकार फूलमान वलले टिप्पणी गरेका थिए । उनले सुवासका कृतिमा चिन्तन र बिचारका हिसाबले अब्बल रहेको दावी गरे । 

 suwas

गजलकार ज्ञानुवाकरले पछिल्लो चरण नेपाली गजलले राम्रै फड्को मारेको बताउदै यो विधा झन मौलाउदै जाने दावी गरे । किनभने अरबबाटै शुरु भएको गजल विधामा आज नेपालीहरु अरबबाटै आफ्नो भाषामार्फत कलम चलाइरहेका छन्, उनले भने, ‘गजलमा यो गजबको संयोग हो । कृति शब्दहार क्रियशनले प्रकाशन गरेको हो । कृतिमाथि विना तामाङ सुनगाभा र रमेश कँडेलले पनि बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *