हास्यव्यङ्ग्य कविता गोष्ठीसँगै खनालका दुई कृति लोकार्पण

काठमाडौं, १५ भदौ

1 6

स्रष्टा हरि खनालका दुई कृति राजधानीमा एकैपटक लोकार्पण गरियो । अनुपम सिर्जना प्रतिष्ठान र भुँडीपुराण प्रकाशनको संयुक्त आयोजनामा भएको लोकार्पण समारोहमा प्रा.मोहनराज शर्मा र सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गामनागेले लोकार्पण गरेका हुन् ।

 4

भोकासुर हास्यव्यङ्ग्य सङ्ग्रह र चराको साथी बालकथा कृति लोकार्पण पछि मोहनराज शर्माले हास्यव्यङ्ग्य लेखनको प्रविधिबारेमा प्रकाश पार्दै स्रष्टा हरि खनाललाई बधाई ज्ञापन गरे । लोकार्पित कृति भोकासुर को समीक्षात्मक टिप्पणी हास्यव्यङ्ग्य स्रष्टा तथा सञ्चारकर्मी नरनाथ लुइँटेलले र बालकथा सङ्ग्रहको समीक्षा प्रा.डा. रामचन्द्र लम्सालले गरेका थिए । प्रकाशन संस्था भुँडीपुराणका केशवराज पराजुलीले पठन संस्कृति विकास गर्न आफ्नो प्रकाशन लागिपरेको बताए ।

 3

समारोहमा एक दर्जन हास्यव्यङ्ग्य स्रष्टाहरूद्वारा आफ्ना सिर्जना प्रस्तुत गरियो । लक्ष्मण गामनागे, बद्री दाहाल, गाउँले बलदेव, जगदीश्वर पोख्रेल, डा. जीवन अधिकारी, भाग्यशाली अधिकारी, घिमिरे मैदेली, सोमराज अभय, बलराम दाहाल, कृष्णदेव रिमाल, श्यामबहादुर भावुक, कमला रिसाल, विनोद कोइराला, केशवराज अर्याल, भेषराज पोखरेल, भगवती रोका, दुर्गा रिमाल, शशी थापा पण्डित, रामचन्द्र बनवासी, शारदा पाठक, भिजन गुरागाइँ, आर केएन खडेरी, आस्था अविचल, नरेश ढकाल, शिशिर देवकोटा आदिले सिर्जना वाचन गरेका थिए ।

 2

समारोहमा प्रतिष्ठानका महासचिव नवराज पहाडीद्वारा आगामी मङ्सिरमा हुने आसाम नेपाली मितेरी साहित्य यात्राबारे जानकारी दिइयो ।

5

समारोहको अध्यक्षता अनुपम सिर्जना प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम आधिकारीले र सञ्चालन जीतु खड्काले गरेका थिए ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *